बाँकेमा बसको ठक्करबाट बालिकाको मृत्यु  « Khabarhub

बाँकेमा बसको ठक्करबाट बालिकाको मृत्यु 


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेको बैजनाथ गाउँपालिका–१ मा आज बिहान बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय प्रकाश खड्काकी ४ वर्षीया छोरी प्रज्ञा रहेकी छिन् । 

बसको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । नम्बर नखुलेको स्कुल बसले आज बिहान १० बजे बालिकालाई ठक्कर दिएको थियो । 

बस सहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  २ : ४९ बजे

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

झापा– माटोसँग खेल्दै जीवन जिउने सपना बोकेका कलाकार विष्णु राजवंशीका

परम्परागत सीपको संरक्षण गर्न टेम्केमैयुङमा राडीपाखी बुन्ने तालिम

भोजपुर– परम्परागत सीपको संरक्षण गर्दै स्थानीय महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यका

कांग्रेसका सबै उम्मेदवारको टुंगो आजै लाग्छ : सभापति थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष

उम्मेदवार चयनका लागि कांग्रेसको तीन समूह एकै ठाउँमा, रातभर धुम्बाराहीमा छलफल

काठमाडौं– नेपाली कांग्रेसका तीन समूहबीच आगामी फागुन २१ गते हुने