राम चरणलाई भेट्न फ्यानले तय गरे २ सय ६४ किमी पैदल यात्रा « Khabarhub

राम चरणलाई भेट्न फ्यानले तय गरे २ सय ६४ किमी पैदल यात्रा


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो फिल्म ‘आरआरआर’ मा देखिएसँगै अभिनेता राम चरणको फ्यान बढिरहेका छन् । यी साउथ इन्डियाका हिरोको फ्यान अहिले विश्वभर छन् । यिनै राम चरणलाई एक फ्यानले २ सय ६४ किलोमिटर पैदल यात्रा गर्दै भेटेका छन् । फ्यानले आफ्नो धान खेतमा उनको तस्बिर बनाए र आफ्नो खेतको फोटो फ्रेम लिएर उनलाई भेटेका हुन् । फ्यानले २ सय ६४ किलोमिटर लामो दुरी पैदल यात्रा गरेको कुरा रामचरणलाई थाहा हुने बित्तिकै उनले फ्यानलाई भेटे र उनीसँग बसेर फोटो खिचे।

रामचरणले व्यस्त कार्यक्रमबाट समय निकालेर हैदरावादस्थित आफ्नो घरमा फ्यानलाई भेटे । फ्यानले आफ्नो खेतमा धानबाट रामचरणको अनुहार बनाएका थिए । त्यसपछि गडवाल जयराजले आफ्नो फोटो फ्रेम गराएर रामचरणलाई उपहार दिए । जयराजले चामलको बोरा पनि ल्याएका थिए । यससँगै रामचरणले जयराजसँगको फोटो पनि क्लिक गरेका छन्, जुन सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ४ : ४४ बजे

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

झापा– माटोसँग खेल्दै जीवन जिउने सपना बोकेका कलाकार विष्णु राजवंशीका

परम्परागत सीपको संरक्षण गर्न टेम्केमैयुङमा राडीपाखी बुन्ने तालिम

भोजपुर– परम्परागत सीपको संरक्षण गर्दै स्थानीय महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यका

कांग्रेसका सबै उम्मेदवारको टुंगो आजै लाग्छ : सभापति थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष

उम्मेदवार चयनका लागि कांग्रेसको तीन समूह एकै ठाउँमा, रातभर धुम्बाराहीमा छलफल

काठमाडौं– नेपाली कांग्रेसका तीन समूहबीच आगामी फागुन २१ गते हुने