मिस नेपालमा २४ सुन्दरी भिड्दै  « Khabarhub

मिस नेपालमा २४ सुन्दरी भिड्दै 


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मिस नेपाल २०२२ का अन्तिम २४ जना प्रतिस्पर्धी घोषणा भइसकेका छन् । गत आइतबार आयोजित  ‘सास सेरेमोनी’ मा प्रतिस्पर्धीलाई ब्याच अंकसमेत प्रदान गरियो । ग्रान्ड फिनाले आउन तीन साता बाँकी रहँदा अन्तिम प्रतिस्पर्धी तय भएका हुन् । पूर्वमिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ, मिस अर्थ, मिस इन्टरनेसनल र मिस सुप्रान्यासनलका विजयी सुन्दरीले ब्याच प्रदान गरे । 

 

यसपटकको मिस नेपालमा  आयुषनोभा सहित ५ जना चिकित्सक सुन्दरीले भाग लिएका छन् । हिडन ट्रेजरले आयोजना गर्ने यस वर्षको मिस नेपालमा देशभरबाट झन्डै ८ सय जनाले आवेदन दिएका थिए । जसबाट १ सय ९६ जना छनोट गरिएको थियो । त्यहिँबाट २४ जना प्रतिस्पर्धी छानिएका हुन् । अन्तिम २४ मा अनुष्का पौडेल , श्रीयांशु पिया , दिलाशा डोटेल , आश्रा श्रेष्ठ , आयुषनोभा ढुंगाना , आकृति शाह , मेरिका बाँस्कोटा , मानषी चन्द , स्मारिका शर्मा, श्रीया गजुरेल , सुस्मिता बोगटी , ममता ढकाल , ऐश्वर्या शाही ठकुरी , सरिषा श्रेष्ठ , अनुश्रुया डाँगी , ऋतुल पौडेल , प्रियंकारानी जोशी , यशस्वी श्रेष्ठ , रोज कँडेल,  न्यान्सी खड्का , सोफिया श्रेष्ठ, आश्रुुति सुवेदी , गंगा गुरुङ र अस्मिता ढुंगाना रहेका छन् ।

No description available.

अन्तिम २४ मा छानिए ६ डाक्टर

 

सौन्दर्य प्रतियोगिता मिस नेपालमा यसपटक ६ डाक्टरहरू प्रतिस्पर्धामा छन् । नेपालमा बलियो सौदर्य प्रतियोगिता मानिने मिस नेपालमा विभिन्न पेशा व्यवसायका सुन्दरीले प्रतिस्पर्धा गर्दैछन् । जहाँ ६ जना डाक्टरसँगै तीन जना इन्जिनियर छन् भने बाँकी उद्यमी र सञ्चारकर्मी छन् । अन्तिम २४ मा छानिएकामध्ये ३ नम्बरकी दिलाशा डोटेल, ५ नम्बरकी आयुष्नोभा ढुंगाना, ७ नम्बरकी मेरिका बाँस्तोला, १४ की सरिषा श्रेष्ठ, १८ की यशस्वी श्रेष्ठ र २३ नम्बरकी गंगा गुरुङ चिकित्सक हुन् । उनीहरूलाई गत आइतबार प्रतिस्पर्धी नम्बर र ब्याच वितरण गरिएको थियो ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ४ : ४९ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन