मिस नेपालमा २४ सुन्दरी भिड्दै  « Khabarhub

मिस नेपालमा २४ सुन्दरी भिड्दै 


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मिस नेपाल २०२२ का अन्तिम २४ जना प्रतिस्पर्धी घोषणा भइसकेका छन् । गत आइतबार आयोजित  ‘सास सेरेमोनी’ मा प्रतिस्पर्धीलाई ब्याच अंकसमेत प्रदान गरियो । ग्रान्ड फिनाले आउन तीन साता बाँकी रहँदा अन्तिम प्रतिस्पर्धी तय भएका हुन् । पूर्वमिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ, मिस अर्थ, मिस इन्टरनेसनल र मिस सुप्रान्यासनलका विजयी सुन्दरीले ब्याच प्रदान गरे । 

 

यसपटकको मिस नेपालमा  आयुषनोभा सहित ५ जना चिकित्सक सुन्दरीले भाग लिएका छन् । हिडन ट्रेजरले आयोजना गर्ने यस वर्षको मिस नेपालमा देशभरबाट झन्डै ८ सय जनाले आवेदन दिएका थिए । जसबाट १ सय ९६ जना छनोट गरिएको थियो । त्यहिँबाट २४ जना प्रतिस्पर्धी छानिएका हुन् । अन्तिम २४ मा अनुष्का पौडेल , श्रीयांशु पिया , दिलाशा डोटेल , आश्रा श्रेष्ठ , आयुषनोभा ढुंगाना , आकृति शाह , मेरिका बाँस्कोटा , मानषी चन्द , स्मारिका शर्मा, श्रीया गजुरेल , सुस्मिता बोगटी , ममता ढकाल , ऐश्वर्या शाही ठकुरी , सरिषा श्रेष्ठ , अनुश्रुया डाँगी , ऋतुल पौडेल , प्रियंकारानी जोशी , यशस्वी श्रेष्ठ , रोज कँडेल,  न्यान्सी खड्का , सोफिया श्रेष्ठ, आश्रुुति सुवेदी , गंगा गुरुङ र अस्मिता ढुंगाना रहेका छन् ।

No description available.

अन्तिम २४ मा छानिए ६ डाक्टर

 

सौन्दर्य प्रतियोगिता मिस नेपालमा यसपटक ६ डाक्टरहरू प्रतिस्पर्धामा छन् । नेपालमा बलियो सौदर्य प्रतियोगिता मानिने मिस नेपालमा विभिन्न पेशा व्यवसायका सुन्दरीले प्रतिस्पर्धा गर्दैछन् । जहाँ ६ जना डाक्टरसँगै तीन जना इन्जिनियर छन् भने बाँकी उद्यमी र सञ्चारकर्मी छन् । अन्तिम २४ मा छानिएकामध्ये ३ नम्बरकी दिलाशा डोटेल, ५ नम्बरकी आयुष्नोभा ढुंगाना, ७ नम्बरकी मेरिका बाँस्तोला, १४ की सरिषा श्रेष्ठ, १८ की यशस्वी श्रेष्ठ र २३ नम्बरकी गंगा गुरुङ चिकित्सक हुन् । उनीहरूलाई गत आइतबार प्रतिस्पर्धी नम्बर र ब्याच वितरण गरिएको थियो ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ४ : ४९ बजे

योगेश र गोकुललाई ठेगान लगाएर एकनाथसँग ओलीको ‘माया’, संगठन नै नभएको परिवार दलसँग सहकार्य

काठमाडौं- आफ्नो कार्यशैली र नेतृत्व क्षमताबारे प्रश्न र आलोचना गरेकै

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

वीरगञ्ज– पर्सामा आगामी फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सुर्ती उद्योगको नीतिगत हस्तक्षेप बढ्दो, नेपाल उच्च जोखिममा 

काठमाडौं– नेपालमा सुर्ती उद्योगले स्वास्थ्य, शिक्षा र खेलकुदजस्ता संवेदनशील क्षेत्रमार्फत

नायिका गरिमाले खुलाइन् प्रेमी

काठमाडौं – गत साता प्रेम सम्बन्धमा रहेको खुलाएकी नायिका गरिमा

रुम-ताराखोला सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने