प्रदेश सदस्यलाई नै थाहा छैन कहाँ कहाँ सकियाे स्थानीय तह निर्वाचन « Khabarhub

प्रदेश सदस्यलाई नै थाहा छैन कहाँ कहाँ सकियाे स्थानीय तह निर्वाचन


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये हालसम्म जम्मा ८७ पालिकामा निर्वाचन सम्पन्न भइ मत परिणाम आएको छ ।

तर, सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरूले भने ८८ वटै स्थानीय तहमा शान्तिपुर्ण रुपमा निर्वाचन सम्पन्न भएको दाबी गरेका छन् ।

सुदूरपश्चिम प्रदेशको बजेट अधिवेसनअन्तर्गत मंगलबार बसेको दोस्रो बैठकमा प्रदेश सभा सदस्य महेशदत्त जोशीले सबै क्षेत्रमा शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न भएको दाबी गरेका हुन् ।

तर, बाजुराको त्रिवेणी नगरपालिकामा निर्वाचन सम्पन्न हुन नसकेपछि पुनः निर्वाचन गर्ने निर्णय नै भइसकेको छ । सो पालिकामा एमाले र नेपाली कांग्रेसले केही बुथ कब्जा गरेको ठहर गर्दै निर्वाचन आयोगले त्रिवेणीमा पुनः मतदान गर्ने निर्णय गरेको हो ।

सोमबारदेखि सुरु भएको प्रदेश सभा बैठकमा आर्थिक मामिल तथा योजनामन्त्री प्रकाश रावलले प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथकिमतामाथि छलफल भइरहेको छ ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ५ : १६ बजे

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण

नेपालको विनाशकारी बाढीपछि भारतको राहत तथा उद्धार सहयोग तीव्र

काठमाडौं– भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न