यस्तो छ चकलेटी प्रदीपको ‘प्रकाश’ रुप (भिडियो) « Khabarhub

यस्तो छ चकलेटी प्रदीपको ‘प्रकाश’ रुप (भिडियो)


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतीक्षित फिल्म मध्येको एक  ‘प्रकाश’ को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा अभिनेता प्रदिप खड्का र अभिनेत्री दिया मास्के फिचर्ड छन् । कर्णालीको लुक्समा तयार पारिएको टिजरमा प्रदिप र दिया सशक्त भूमिकामा देखिएका छन् । दिनेश राउतको निर्देशनमा तयार फिल्मले एक युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा प्रस्तुत गरेको छ । विकास सुबेदीको लेखन रहेको फिल्मको टिजरले जनयुद्धमा सहभागी बेपत्ता योद्धाको परिवारको कथा देखाएको बुझ्न सकिन्छ । जहाँ आमा र छोराको इमोशन प्रस्तुत गरिएको छ ।

टिजरको पृष्ठभूमिमा बज्ने कर्णालीको लोक भाकाले त्यहाँको परिवेशसँग नजिक बनाएको छ । आगामी भाद्र १० गतेबाट प्रदर्शनमा आउने फिल्मको यसअघि फस्टलुक पोस्टर सार्वजनिक गरिएको थियो । जुम्लामा छायांकन भएको फिल्मले त्यहाँको परिवेशलाई टिपेको छ । यसमा प्रदिप र दियासँगै रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ । 

बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बूएलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । 

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ५ : ३५ बजे

गगन थापा पक्षीय कांग्रेस केन्द्रीय समितिको बैठक (तस्बिरहरू) 

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक

टिपरको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

महेन्द्रनगर– जनकपुरधामका फरक दुई स्थानमा टिपरको ठक्करबाट भएका दुर्घटनामा एक

मध्य जाडोमै स्विमसुटमा प्रियंकाको हट तस्बिर

काठमाडौं – जाडो मौसमको मध्यमा नायिका प्रियंका कार्कीले स्विमसुटमा हट

सङ्गठित अपराधमा लामिछानेलाई उन्मुक्ति दिनखोज्नु आपत्तिजनक : जेनजी मुभमेन्ट 

काठमाडौं– जेनजी मुभमेन्ट नेपालले सहकारी ठगीको आरोपका साथसाथै सम्पत्ति शुद्धीकरण

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं‍– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।