मोदीद्वारा १० करोड किसानलाई २१ हजार करोड भारू हस्तान्तरण « Khabarhub

मोदीद्वारा १० करोड किसानलाई २१ हजार करोड भारू हस्तान्तरण


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘प्रधानमन्त्री किसान सम्मान निधि’ योजनाअन्तर्गत १० करोड भन्दा धेरै किसानहरूलाई भारु २१ हजार करोड हस्तान्तरण गरेका छन् ।

हिमाचल प्रदेशको शिमलामा आयोजित ‘गरिब कल्याण सम्मेलन’ का क्रममा उक्त रकम किसानलाई हस्तान्तरण गरिएको हो । प्रधानमन्त्री मोदीले स्थानीय रिज मैदानमा जारी सम्मेलनका क्रममा किसानहरूसँग विभिन्न सरकारी योजनाबारे पनि छलफल गरेका थिए ।

उनले देशभरका जनप्रतिनिधिसँग सरकारले सञ्चालन गरेका विभिन्न कल्याणकारी कार्यक्रमका बारेमा प्रतिक्रिया मागेका थिए ।

प्रधानमन्त्री कार्यालयका अनुसार मुलुकका नागरिकको जीवनयापनमा सुधार ल्याउन सरकारी कार्यक्रमको पहुँच र वितरणलाई थप प्रभावकारी बनाउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीको सरकारले मे ३० मा केन्द्रमा आफ्नो आठ वर्ष पूरा गरेको छ ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ७ : ३२ बजे

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौं – सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

दैनिक एक हजार ५०० ई-राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने

काठमाडौं– राहदानी विभागले विद्युतीय राहदानी (ई-पासपोर्ट) को बढ्दो मागलाई सम्बोधन

वालेन्द्रको ‘लाज ढाक्न’ रविलाई भ्याइ-नभ्याइ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्री बनेका वालेन्द्र शाह देशमा गम्भीर

सुनसरी घटना : छानबिन समितिमा दुई सदस्य थप

काठमाडौं– सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा