अब ४१ लाख ६८ हजारमा एमबिबिएस पढ्न पाइने « Khabarhub

अब ४१ लाख ६८ हजारमा एमबिबिएस पढ्न पाइने


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : अब एमबिबिएस पढ्न ४१ लाख रुपैयाँ लाग्ने भएको छ । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७८÷७९ का लागि चिकित्सा शिक्षा अन्तर्गत एमबिबिएसतर्फ काठमाडौँ उपत्यकाभित्रको शुल्क ४१ लाख ६८ हजार रुपैयाँ तोकेको हो ।

मंगलबार बसेको आयोगको बैठकले हाल कायम रहेको शैक्षिक शुल्कमा ३ दशमलव ६ प्रतिशतले वृद्धि गर्दै एमबिबिएसका लागि ४१ लाख रुपैयाँ लाग्ने जनाएको हो । यसअघि एमबिबिएसको शुल्क ४० लाख रुपैयाँ थियो । यस्तै बिडिएस पढ्न अब २० लाख रुपैयाँ लाग्ने भएको छ ।

उपत्यका बाहिरको मेडिकल कलेजमा एमबीबीबएस अध्ययनको शुल्क ४४ लाख ३६ हजार रुपैयाँ तोकिएको छ । त्यस्तैब बीडीएसका लागि गत शैक्षिक सत्रमा २० लाख १९ हजार ५८० शुल्क तोकिएकोमा यो शैक्षिक सत्रमा बढेर २० लाख ९२ हजार २८४ पुगेको हो ।

बीएससी नर्सिङ कार्यक्रमको लागि गत शैक्षिक सत्रमा विद्यार्थीले १० लाख शुल्क तोकिएकामा यस वर्ष बढेर १० लाख ३६ हजार रुपैयाँ पुगेको चिकित्सा शिक्षा आयोगले जनाएको छ ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ८ : ५५ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।