‘जनता कांग्रेसमा भोट हाल्न फेरि आतुर छन्’ « Khabarhub

‘जनता कांग्रेसमा भोट हाल्न फेरि आतुर छन्’


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसलाई जिताउनका लागि स्थानीय तहले राम्रो काम गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ प्रदेश ख विद्यार्थी विभागले आयोजना गरेको ‘जनप्रतिनिधि सम्मान’ कार्यक्रममा उनले आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई बलियो पार्टीका रूपमा स्थापित गर्न स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधिले राम्रो काम गर्नुपर्ने बताएका हुन् ।

“स्थानीय तहको निर्वाचनमा पाएको मतबाट जनता कांग्रेसमा भोट हाल्न आतुर छन् भन्ने देखाएको छ, प्रदेश र सङ्घको निर्वाचन आउँदैछ, मतदातालाई कांग्रेसको पक्षमा आकर्षित गर्ने गरी काम गर्नुहोस्”, उनले भनेका हुन् । कांग्रेसले जनजीविकाको मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो ।

कांग्रेस काठमाडौँ क्षेत्र नं ७ का सभापति एवं काठमाडौँ महानगरपालिका–१६ का नवनिर्वाचित वडाध्यक्ष मुकुन्द रिजालले आफू जनप्रतिनिधि भएकाले जनताको सेवक भएर काम गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा कांग्रेस बागमती प्रदेश सदस्य सविन तामाङ, कांग्रेस महाधिवेशन प्रतिनिधि सुशील भट्ट, तारकेश्वर नगरपालिकाका उपप्रमुख सिर्जना बुर्लाकोटीलगायतले कांग्रेस आगामी निर्वाचनमा एकजुट भएर अगाडि बढे कांग्रेसलाई कुनै शक्तिले हराउन नसक्ने बताएका थिए ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ९ : २२ बजे

चिसियो बक्स अफिस

काठमाडौं- पछिल्लो समय प्रदर्शनमा आएका नेपाली फिल्महरुको व्यापार निराशजनक देखिएको

उत्पीडित समुदायको अधिकारका लागि अझै सङ्घर्स गर्नुपर्नेछ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।