देश छाड्दै बीमाले भनिन् ,’ म जस्तो रोएर कोही हिँड्नु नपरोस्’ « Khabarhub

देश छाड्दै बीमाले भनिन् ,’ म जस्तो रोएर कोही हिँड्नु नपरोस्’


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– छुट्यो मायाजाल, माझी दाइ पोखरा, जम्मु कश्मीरमा, हङकङ आईडीले, खैरेनीमा गेट, वनको काफल वनकै चरीलाई, यो दाजुको मिर्मिरे आँखा, पानसमा बत्ती बालेको, दमौलीमा गेट जस्ता चर्चित गीतहरु मार्फत गीतसंगीतमा स्थापित भएकी गायिका बीमाकुमारी दुराले बाँकी जीवन अमेरिकामा बिताउने निर्णय गर्दै नेपाल छाडेपछि सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेकी छिन् ।

केही दिनअघि उनी श्रीमानसहित अमेरिकाको न्युयोर्क पुगेकी बीमाले बाध्यताले देश छाडेको बताएकी छिन् ।

न्युयोर्कमा छोरीसँगै बस्ने निर्णयका साथ अमेरिका पुगेकी बीमाले सार्वजनिक गरेको भिडियोमा उल्लेख गरेकी छिन ,‘मेरै देशले जन्मायो । मेरै देशले हुर्कायो । मेरै देशको माटोले मलाई सिन्दूर पहिर्‍यायो । तर बाध्यता पनि यस्तो कि यस्तो कहिल्यै नहोस्, नेपाली जनताले सेवा पाऊन् ।’

उनले आफू जस्तो रोएर हिँड्नु नपरोस् मेरो देशको जनताले समेत भनेकी छिन् । ‘जय देश, जय नेपाल प्यारो छ मलाई । मलाई हुर्काइदियौ, फुर्काइदियौ । मलाई सात समुन्द्रसम्म घुमाइदियौ । धन्यवाद मेरो नेपाललाई । तर न्याय कहाँ छ भन्न चाहन्छु’ उनले भनेकी छिन् ।

लमजुङको दुराडाँडामा जन्मिएकी दुरा कुनै समयकी नम्बर एक लोकदोहोरी गायिका हुन् ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  १० : ४६ बजे

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट