देश छाड्दै बीमाले भनिन् ,’ म जस्तो रोएर कोही हिँड्नु नपरोस्’ « Khabarhub

देश छाड्दै बीमाले भनिन् ,’ म जस्तो रोएर कोही हिँड्नु नपरोस्’


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– छुट्यो मायाजाल, माझी दाइ पोखरा, जम्मु कश्मीरमा, हङकङ आईडीले, खैरेनीमा गेट, वनको काफल वनकै चरीलाई, यो दाजुको मिर्मिरे आँखा, पानसमा बत्ती बालेको, दमौलीमा गेट जस्ता चर्चित गीतहरु मार्फत गीतसंगीतमा स्थापित भएकी गायिका बीमाकुमारी दुराले बाँकी जीवन अमेरिकामा बिताउने निर्णय गर्दै नेपाल छाडेपछि सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेकी छिन् ।

केही दिनअघि उनी श्रीमानसहित अमेरिकाको न्युयोर्क पुगेकी बीमाले बाध्यताले देश छाडेको बताएकी छिन् ।

न्युयोर्कमा छोरीसँगै बस्ने निर्णयका साथ अमेरिका पुगेकी बीमाले सार्वजनिक गरेको भिडियोमा उल्लेख गरेकी छिन ,‘मेरै देशले जन्मायो । मेरै देशले हुर्कायो । मेरै देशको माटोले मलाई सिन्दूर पहिर्‍यायो । तर बाध्यता पनि यस्तो कि यस्तो कहिल्यै नहोस्, नेपाली जनताले सेवा पाऊन् ।’

उनले आफू जस्तो रोएर हिँड्नु नपरोस् मेरो देशको जनताले समेत भनेकी छिन् । ‘जय देश, जय नेपाल प्यारो छ मलाई । मलाई हुर्काइदियौ, फुर्काइदियौ । मलाई सात समुन्द्रसम्म घुमाइदियौ । धन्यवाद मेरो नेपाललाई । तर न्याय कहाँ छ भन्न चाहन्छु’ उनले भनेकी छिन् ।

लमजुङको दुराडाँडामा जन्मिएकी दुरा कुनै समयकी नम्बर एक लोकदोहोरी गायिका हुन् ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  १० : ४६ बजे

योगेश र गोकुललाई ठेगान लगाएर एकनाथसँग ओलीको ‘माया’, संगठन नै नभएको परिवार दलसँग सहकार्य

काठमाडौं- आफ्नो कार्यशैली र नेतृत्व क्षमताबारे प्रश्न र आलोचना गरेकै

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

वीरगञ्ज– पर्सामा आगामी फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सुर्ती उद्योगको नीतिगत हस्तक्षेप बढ्दो, नेपाल उच्च जोखिममा 

काठमाडौं– नेपालमा सुर्ती उद्योगले स्वास्थ्य, शिक्षा र खेलकुदजस्ता संवेदनशील क्षेत्रमार्फत

नायिका गरिमाले खुलाइन् प्रेमी

काठमाडौं – गत साता प्रेम सम्बन्धमा रहेको खुलाएकी नायिका गरिमा

रुम-ताराखोला सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने