साउदीमा एक वर्षमा २०६ नेपालीको मृत्यु, १८० शव स्वदेश पठाइयो | Khabarhub Khabarhub

साउदीमा एक वर्षमा २०६ नेपालीको मृत्यु, १८० शव स्वदेश पठाइयो

यी हुन् दूतावासले गरेका मुख्य-मुख्य कामहरू 



दोहा – आर्थिक वर्ष २०७८-७९ मा रोजगारीका लागि साउदी अरब पुगेका २०६ नेपाली कामदारको मृत्यु भएको छ ।

दुर्घटनालगायतका कारणले मृत्यु भएका २०६ जना नेपाली मध्ये १८० जनाको शव स्वदेश पठाइएको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

१८ जनाको साउदी अरबमै अन्तिम संस्कार गरिएको, ८ जनाको शव पठाउन बाँकी रहेको बताइएको छ। मृत्युको कारण हृदयाघातबाट ११२, आत्महत्या ३४, सवारी दुर्घटना ३१, कार्य दुर्घटना १४, कोरोना संक्रमण १४ र १ जनाको हत्या भएको दूतावासले सार्वजनिक गरेको वार्षिक कार्य प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।

मृतक नेपाली कामदारले कम्पनीबाट लिन बाँकी रहेको तलब र बोनस तथा सवारी दुर्घटनामा परी मृत्यु भएका कामदारको ब्लडमनी प्राप्त गरी मृतकको परिवारका नाममा ५० लाख ९० हजार ९१८ साउदी रियाल पठाइएको जनाएको छ ।

यी हुन् दूतावासले आर्थिक वर्ष २०७८-७९ मा गरेको मुख्य मुख्य कामहरू : 

– १४-१५ मार्च २०२२ मा साउदी अरबका विदेशमन्त्रीले गरेको औपचारिक नेपाल भ्रमणको समन्वय । सो अवसरमा नेपाल सरकार र साउदी सरकारबीच द्विपक्षीय सहयोग सम्झौतामा हस्ताक्षर भएको थियो।

– रियादको कूटनीतिक क्वार्टरमा नेपाली राजदूतावासका लागि जग्गा खरिद गरिएको ।

– साउदी मन्त्रालयहरू, श्रम कार्यालयहरू र अध्यागमन कार्यालयहरूसँग गरी जम्मा १७ वटा उच्चस्तरीय भेटघाट भएको ।

– ट्राफिक दुर्घटनामा मृत्यु भएका ३२५ नेपाली कामदारको ब्लडमनी सम्बन्धी मुद्दा अदालतमा दायरका लागि सम्बन्धित प्रहरी कार्यालयमा फलोअप गरिएको छ। त्यस मध्ये ५३ वटा केस अदालतमा दायर गरिएको ब्लडमनीको केसमा अदालतमा भएका १२६ वटा सुनवाइमा भाग लिएको। २८ वटा केसमा फैसला भएको। १८ वटा केसको ब्लडमनी प्राप्त भई मृतकका परिवारको नाममा पठाइएको र २७ वटा ब्लडमनीको केस कार्यान्वयनका लागि फैसला कार्यान्वयन कोर्टमा दर्ता गरेको ।

– कार्य दुर्घटनामा परी मृत्यु/घाइते भएका नेपालीका परिवारले पाउने गोसी रकमका लागि मृतक/घाइतेका परिवारलाई सम्पर्क गरी ३१० परिवारले भरेका फाराम गोसी कार्यालयमा दर्ता एवं ताकेता गरिएको ।

– गोसीका चेकहरु घाइते र मृतकका परिवारले पाउन निकै लामो समय लाग्ने गरेकाले राजदूतावासको अनुरोधमा गोसी अधिकारीहरुबाट फेब्रुअरी २०२२ बाट गोसी रकम वायर ट्रान्सफर कार्यको प्रक्रिया थालनी भएको । हालसम्म ५ जना परिवारले वायर ट्रान्सफरमार्फत सामाजिक सुरक्षाको पैसा प्राप्त गरेको ।

– साउदी श्रम कार्यालय र अध्यागमनबाट अकामा नभएका वा सकिएका र हुरूव लागेकाहरु २ हजार ३५७ जनाको बहिर्गमन भिसा जारी भएको।

– साउदी अरबका विभिन्न स्थानबाट ३६ महिलाको उद्धार गरी राजदूतावासको सेल्टरमा लामो समय राखेर विभिन्न प्रक्रिया पूरा गरी स्वदेश पठाइएको।

– दूतावासको समन्वयमा विभिन्न घरफिर्तिकेन्द्रमा रहेका एक हजार ९३९ नेपालीलाई स्वदेश फर्काइएको । कम तलब पाएका ३८९, समयमा तलब नपाएका ५३४, राजदूतावासको अनुरोधमा कम्पनीले बहिर्गमन भिसा लगाएका ४२५, बिदामा जान दिन अनुरोध ३६७, नेपालीलाई कम्पनीले गरेका जरिवाना र अन्य समस्या समाधान ३६१ र कानुनी मानसिक एवं अन्य परामर्श ८ हजार ३४५ ।

– विभिन्न मितिका मागपत्रबाट साउदी अरब आएका नेपालीहरूको विवरण पठाउन ४६० भन्दा बढी रोजगारदाता र ४१३
भन्दा बढी म्यानपावर कम्पनीलाई इमेल पठाइएको ।

– नेपाली दूतावासले गैर आवासीय नेपाली संघको सहयोगमा दम्माम र रियादमा सञ्चालनमा ल्याएका सेल्टरमा एक
वर्षको अवधिमा ५१३ कामदारलाई राखेर खान बस्नको व्यवस्था गरेको ।

– विभिन्न अस्पतालमा बिरामी अवस्थामा रहेका २५ जना बिरामीहरूलाई भेट गरी उपचारमा थप सहयोगको लागि अस्पताललाई अनुरोध गर्नुका साथै स्वदेश फर्कने हालतमा भएकोलाई आवश्यक समन्वय गरी स्वदेश पठाइएको ।

राहदानी जारी गरिएको संख्या १२ हजार ४३ सशुल्क यात्रा अनुमतिपत्र जारी संख्या १२५७ । निःशुल्क यात्रा अनुमतिपत्र
जारी- १४२३ (जेल र घर फिर्ती केन्द्रका लागि)

– कामदारहरूबाट आफ्ना समस्या लगायत विभिन्न विषयमा ३५ हजार भन्दा बढी ह्वाट्स एप सन्देश र ९५ हजार भन्दा बढी टेलिफोन प्राप्त गरेको । दूतावासको वेबसाइट र फेसबुकमा पटक पटक गरी ११५ वटा विभिन्न सूचना पोस्ट गरिएको ।

– एक हजार ६१ निजी कामदार पुनः फिर्ती कागजात जारी गरिएको, विभिन्न २४ स्थानमा कन्सुलर तथा राहदानी क्याम्प सञ्चालन गरिएको र राजदूतावासको प्रांगण र साउदी अरबका विभिन्न स्थानमा गरी जम्मा ९३ वटा श्रमिक सचेतना कार्यक्रम गर्दा करिब ६० हजार नेपाली कामदार लाभान्वित भएको ।

दूतावासको आधिकारिक फेसबुक पेजबाट फेसबुक लाइभमार्फत दूतावासले प्रदान गर्ने सेवाका बारेमा जानकारी गराउन सुरु गर्नुका साथै सोही माध्यमबाट श्रमिक सचेतना तथा श्रमिकका समस्या र गुनासो सम्बोधन गर्न प्रारम्भ गरेको जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ८ : २४ बजे

अबदेखि सय रुपैयाँ दरको नोटमा नेपालको चुच्चे नक्सा

काठमाडौं- सरकारले १०० रुपैयाँ दरको नेपाली रुपैयाँको नोटमा चुच्चे नक्सा

मातातीर्थ औंशीमा चन्द्रागिरि नगरपालिकाले दियो सार्वजनिक बिदा

काठमाडौं– मातातीर्थ औंशीको अवसरमा वैशाख २६ गते चन्द्रागिरि नगरपालिले सार्वजनिक

अप्ठेरोमा मुख्यमन्त्री सोडारी, विश्वासको मत नपाउने भएपछि प्रदेशसभा बैठक स्थगित

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिन बोलाएको

रसिया–युक्रेन युद्ध : एक घाइते रोल्पालीको बकपत्र

मेरो घर रोल्पाको लुङग्री गाउँपालिकामा पर्छ । उमेरले म ४४

मधेस प्रदेश लोसपा सांसदीय दलका नेता शर्मा निलम्बित

जनकपुरधाम –  लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद अभिराम शर्मालाई निलम्बन