महिला युरो फाइनल : घरेलु मैदानमा इतिहास बनाउने दाउमा इंग्ल्यान्ड « Khabarhub

महिला युरो फाइनल : घरेलु मैदानमा इतिहास बनाउने दाउमा इंग्ल्यान्ड


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महिला युरोपियन च्याम्पियनसिप-०२२ को उपाधिका लागि आज (आइतबार) घरेलु टोली इंग्ल्यान्ड र जर्मनीबीच प्रतिस्पर्धा हुँदैछ । लन्डनस्थित वेम्बली रंगशालामा हुने खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ ।

आठ पटकको युरो विजेता जर्मनीको सामना गर्दा इंग्ल्यान्ड घरेलु मैदानमा इतिहास रच्दै पहिलो उपाधि जित्ने लक्ष्यमा छ। सन् २००९ को महिला युरोपियन च्याम्पियनसिपको फाइनलमा जर्मनीले इंग्ल्यान्डलाई ६–२ अन्तरले पराजित गरेको थियो ।

यसअघि इंग्ल्यान्डले क्वार्टरफाइनलमा स्पेनलाई पराजित गरेको थियो भने सेमिफाइनलमा स्विडेनलाई पराजित गरेको थियो । यता, प्रतियोगितामा एक मात्र गोल व्यहाेरेको जर्मनीले फ्रान्सलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।

हालसम्म इंग्ल्यान्ड र जर्मनी २७ पटक आमनेसामने भएका छन् । जसमा जर्मनीले २१ खेल जितेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ५ : ३७ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि