महिला युरो फाइनल : घरेलु मैदानमा इतिहास बनाउने दाउमा इंग्ल्यान्ड | Khabarhub Khabarhub

महिला युरो फाइनल : घरेलु मैदानमा इतिहास बनाउने दाउमा इंग्ल्यान्ड


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महिला युरोपियन च्याम्पियनसिप-०२२ को उपाधिका लागि आज (आइतबार) घरेलु टोली इंग्ल्यान्ड र जर्मनीबीच प्रतिस्पर्धा हुँदैछ । लन्डनस्थित वेम्बली रंगशालामा हुने खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ ।

आठ पटकको युरो विजेता जर्मनीको सामना गर्दा इंग्ल्यान्ड घरेलु मैदानमा इतिहास रच्दै पहिलो उपाधि जित्ने लक्ष्यमा छ। सन् २००९ को महिला युरोपियन च्याम्पियनसिपको फाइनलमा जर्मनीले इंग्ल्यान्डलाई ६–२ अन्तरले पराजित गरेको थियो ।

यसअघि इंग्ल्यान्डले क्वार्टरफाइनलमा स्पेनलाई पराजित गरेको थियो भने सेमिफाइनलमा स्विडेनलाई पराजित गरेको थियो । यता, प्रतियोगितामा एक मात्र गोल व्यहाेरेको जर्मनीले फ्रान्सलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।

हालसम्म इंग्ल्यान्ड र जर्मनी २७ पटक आमनेसामने भएका छन् । जसमा जर्मनीले २१ खेल जितेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ५ : ३७ बजे

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको