सीसीटीभी फूटेजबारे बोलेनन् अर्थमन्त्री शर्मा | Khabarhub Khabarhub

सीसीटीभी फूटेजबारे बोलेनन् अर्थमन्त्री शर्मा


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शीतल निवासमा आइतबार अपराह्न पद तथा गोपनीयताको शपथग्रहण गरेपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर शर्माले पदभार ग्रहण गरेका हुन् ।

पदभारपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री शर्माले नयाँ बजेट कार्यान्वयनको चरणमा रहेको भन्दै बजेटको मूल उद्देश्य आयात कम प्रतिस्थापन, उत्पादन वृद्धि गर्नु र वैदेशिक मुद्राको सञ्चितलाई बढाउनु रहेको बताए । उनले बजेट कार्यान्वयन गर्ने अवसर प्राप्त भएकोमा सबै राजनीतिक दलहरूलाई धन्यवाद दिए।

मन्त्री शर्माले मन्त्रालयका सचिव र सबै कर्मचारीहरू मिलेर एक वर्ष मन्त्रालयलाई सौहार्दपूर्ण ढङ्गले अघि बढाएको र अबका दिनमा पनि त्यस्तै सुमधुर र उचित कार्य विभाजन सहित सहकार्य गर्ने बताए। उनले गत वर्षको बजेट कार्यान्वयनका सन्दर्भमा समीक्षा गरेर भएका कमी कमजोरीलाई हटाउनेमा ध्यान केन्द्रित गर्ने धारणा राखे।

मन्त्रालयले आफ्नो स्वागतमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गरेका शर्माले आफूमाथि लागेको आरोप र संसदीय छानबिन समितिले गरेको छानबिनबारे भने केही पनि बोलेनन्।

शर्मालाई प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा आइतबार नै राष्ट्रपति भण्डारीले अर्थमन्त्रीमा नियुक्त गरेका थिए । बजेट भाषणको अघिल्लो रात अनधिकृत व्यक्तिहरूलाई अर्थ मन्त्रालयभित्र लिएर राजस्वका दर हेरफेर गरेपछि विवादमा तानिएका शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए।

उक्त प्रकरणमा संसदीय छानबिन विशेष समितिले शुक्रबार बजेट निर्माणका बेला अनधिकृत मानिसहरु सहभागी भएको नपाइएको निष्कर्ष निकालेको थियो । संसदीय समितिको छानबिन सकिएपछि शर्मालाई प्रधानमन्त्रीले पुनर्नियुक्ति गरेको हो ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ७ : ४३ बजे

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी