बर्खामा पनि अन्नपूर्ण पदमार्ग भित्रिए पर्यटक « Khabarhub

बर्खामा पनि अन्नपूर्ण पदमार्ग भित्रिए पर्यटक


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- बर्खाको समयमा पनि चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन भएको छ । अफ सिजन मानिने समयमा पनि पदमार्गमा स्वदेशी तथा विदेशी पर्यटकको आवागमन भइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्पाप) मनाङले जनाएको छ ।

पदमार्ग आएका पर्यटकमा स्वदेशी भन्दा विदेशी पर्यटक बढी देखिएको छ । एक्याप मनाङका प्रमुख लेखनाथ गौतमका अनुसार अफ सिजनको समयमा समेत पर्यटक पदमार्गमा आउने गरेका छन् ।

पर्यटकका लागि लमजुङ खण्डको सडकमा केही समस्या भए पनि मनाङतर्फको सडक सहज रहेको बताए । पदयात्रामा आएका अधिकांश अन्नपूर्ण पदमार्गको थोराङ्ला पास गरी मुक्तिनाथ जोमसोम सम्म पुग्ने गर्छन् ।

केही मात्र तिलिचो क्षेत्र पुग्ने गरेको एक्यापले जनाएको छ । धारापानी चेकजाँच केन्द्रका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार हाल दैनिक १०/१२ जनासम्म पर्यटक पदमार्गमा भित्रिएका छन् । असारदेखि भदौ १५ सम्मको समय अफ सिजनको समय मानिन्छ ।

सन् २०२२ को जुलाईको हालसम्म १८४ जना पर्यटक भित्रिएका छन् । गत वर्ष २०२१ को जुलाई महिनामा एक जना मात्र पर्यटक आएका थिए । लमजुङको बेंसीसहरबाट सुरु हुने चक्रीय अन्नपूर्ण पदमार्ग मनाङ हुँदै मुस्ताङ, म्याग्दी भएर पोखरा पुगी टुङ्गिन्छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ७ : ५५ बजे

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि