अर्थमन्त्रीमा जनार्दन शर्माको नियुक्ति लोकतन्त्रको उपहास : युथ काँग्रेस | Khabarhub Khabarhub

अर्थमन्त्रीमा जनार्दन शर्माको नियुक्ति लोकतन्त्रको उपहास : युथ काँग्रेस


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादीका नेता जनार्दन शर्मालाई पुन अर्थमन्त्रीमा नियुक्त गरेकोमा युथ काँग्रेस नेपालले विरोध जनाएको छ । आइतबार एक विज्ञप्ती जारी गर्दै युथ काँग्रेसले अर्थमन्त्रीमा जनार्दन शर्माको नियुक्ति लोकतन्त्र र संसदीय व्यवस्थाको उपहास भएको जनाएको छ ।

बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई पहुँच दिएर करको दर हेरफेर गरेको विषयमा छानबिन गर्न गठन गरिएको संसदीय विशेष समितिले जनार्दन शर्मालाई सफाइ दिए सँगै प्रधानमन्त्री देउवाले शर्मालाई पुनः अर्थमन्त्रीका रूपमा नियुक्त गरेको थिए ।

युथ काँग्रेस नेपालका राष्ट्रिय संयोजक सचिन तिमिल्सिनाद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘यो लोकतन्त्र र संसदीय व्यवस्थाको उपहास हो। कानुनका मान्य सिद्धान्त र प्राकृतिक न्यायको सिद्धान्तलाई चुनौती दिने गरी गठन गरिएको संसदीय विशेष समिति र त्यस समिति मार्फत अर्थमन्त्रीलाई चोख्याउन रचिएको नाटक सरकार र सत्तारूढ दलहरूको असंवेदनशीलताको पराकाष्ठा हो। ’

साथै विपक्षी दल नेकपा एमालेले यस्तो संवेदनशील मुद्दालाई एम अधिकारीको मुद्दा संग दाँजेर अङ्गीकृत गरेको ओरोप समेत लागएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  १० : ३० बजे

संसद्मा तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको

दासढुंगा घटनाको गम्भीर खोजी गर्नुपर्छ : माधव नेपाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दासढुंगा घटनाका

गुल्मीमा बस दुर्घटना हुँदा १३ जना घाइते

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका