संस्कृति र धर्मको संरक्षण तथा संवर्द्धन गर्न जरुरी छ : माधव नेपाल | Khabarhub Khabarhub

संस्कृति र धर्मको संरक्षण तथा संवर्द्धन गर्न जरुरी छ : माधव नेपाल


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कला–संस्कृति देश चिनाउने गहना भएको बताएका छन् । डोटीको जोरायल गाउँपालिका–२ बुडरमा पालशाक्य बौद्ध गुम्बा आज उद्घाटन गर्दै उनले नेपाल कला, संस्कृतिको धनी मुलुक भएकाले हाम्रा धार्मिक, कला, संस्कृतिहरूको संरक्षण गर्न आवश्यक रहेको बताए ।

उनले भने, ‘नेपाल शान्तिका अग्रदूत भगवान् गौतम बुद्ध जन्मेको देश हो, हाम्रा सबै कला, संस्कृति र धर्मको संरक्षण तथा संवर्द्धन गर्न जरुरी छ ।’

अध्यक्ष नेपालले नेपाल कला र संस्कृतिको धनी देश भएकाले यहाँ पर्यटक भित्र्याउन तथा पर्यटन प्रवर्द्धनका लागि भए पनि आफ्नो मौलिक कला, संस्कृतिलाई जोगाएर राख्नुपर्नेमा जोड दिए । उनले कला, संस्कृति विना मान्छेको जीवन अधुरो जस्तै हुने भएकाले हाम्रा मौलिक कला, धर्म र संस्कृतिको जगेर्ना तथा संरक्षणका लागि अब युवा पुस्ताहरू सक्रिय हुनुपर्ने बताए ।

आज उद्घाटन गरिएको पालशाक्य बौद्व गुम्बाको संरक्षण तथा संवर्द्धनका लागि सबैको योगदान अपरिहार्य रहेकोसमेत उनले आग्रह गरे । डोटीको बुडरमा रहेको प्रसिद्ध छहरा झर्नासमेत अध्यक्ष नेपालले आजै अवलोकन गरेका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  १० : ५५ बजे

लाखौं रकम अपचलन भएका दोलखाका ३ सहकारीमा विशेष साधारणसभा आह्वान

दोलखा– लाखौँ रकम हिनामिना तथा अपचलन भएका दोलखाका तीनवटा सहकारीमा

इच्छाकामनाको चेपाङ बस्तीमा ‘एक घर, एक धारा’

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–२ को छापडाँडामा ‘एक घर एक धारा’

पाथीभरामा एक महिनाको भेटी ६९ लाखभन्दा बढी

ताप्लेजुङ– मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनाको अवधिमा ६९ लाख

किन कार्यान्वयन भएन ५ खर्बको लघुवित्त कोष ?

काठमाडौं- सरकारको नीति तथा कार्यक्रम कतिसम्म अस्थिर छ भन्ने तथ्य

आईपीएल : आज सनराइजर्स हैदरावाद र गुजरात खेल्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदरावाद र