विश्व इतिहासमा आज : मलाया महासंघको स्वतन्त्रतादेखि ‘द स्क्रिम’ नामक चित्र बरामदसम्म   « Khabarhub

विश्व इतिहासमा आज : मलाया महासंघको स्वतन्त्रतादेखि ‘द स्क्रिम’ नामक चित्र बरामदसम्म  


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल भदौ १५ गते बुधबार । सन् २०२२ को अगस्ट ३१ तारिख । आजको दिन इतिहासमा भएका केही महत्त्वपूर्ण घटनाक्रम यस्ता छन् :

सन् २००६ अगस्ट ३१ मा नर्वेजियाली पुलिसले चित्रकार एडवर्ड मुन्चले बनाएको चोरी भएको प्रख्यात चित्र ‘द स्क्रिम’ बरामद गरेको थियो । सन् २००४ अगस्ट २२ मा सो चित्र चोरी भएको थियो ।

सन् १९९८ अगस्ट ३१ मा उत्तर कोरियाले आफ्नो पहिलो उपग्रह प्रक्षेपण गरेको घोषणा गरेको थियो । ‘कवाङम्योङसङ्ग–१’ नामक सो उपग्रह सफलतापूर्वक पृथ्वीको तल्लो कक्षमा प्रक्षेपण गरिएको थियो ।

सन् १९९७ अगस्ट ३१ मा वेल्सकी राजकुमारी डायनाको एक कार दुर्घटनामा मृत्यु भएको थियो । टेलिभिजनमा प्रसारण भएको घटनाहरूमध्ये उनको अन्त्येष्टि शताब्दीको नै सबैभन्दा बढी हेरिएको भिडियो सामग्री थियो।

सन् १९९४ अगस्ट ३१ मा सोभियत यूनियनबाट स्वतन्त्रता घोषणा गरेको ३ वर्षपश्चात् अन्तिम रुसी सेनाले इस्टोनिया छोडेको थियो । सन् १९४४ मा यूएसएसआरले इस्टोनिया अतिक्रमण गरेको थियो ।

सन् १९९१ अगस्ट ३१ मा उज्बेकिस्तानले सोभियत यूनियनबाट स्वतन्त्र भएको घोषणा गरेको थियो । १९ औँ शताब्दीमा रुसी साम्राज्यले उज्बेकिस्तान अतिक्रमण गरेको थियो ।

सन् १९९० अगस्ट ३१ मा पूर्वी जर्मनी र पश्चिमी जर्मनीले राजनैतिक र कानुनी व्यवस्थालाई जोड्न एकीकरण सन्धि गरेको थियो ।

सन् १९८६ अगस्ट ३१ मा सामान बोकेको एक रुसी जहाज र क्रुज जहाज ‘अड्माइरल नाखीमोग’ ठोकिएका थिए ।

सन् १९६८ अगस्ट ३१ मा इरानमा ७ दशमलव ३ म्याग्निच्युडको भूकम्प जाँदा ५ गाउँको विनाश हुनुको साथै ६ गाउँलाई गम्भीर रुपमा क्षतिग्रस्त बनाएको थियो ।

सन् १९५७ अगस्ट ३१ मा मलाया महासंघले स्वतन्त्रता प्राप्त गरेको थियो । १८औँ शताब्दीमा बेलायतले मलाया अतिक्रमण गरेको थियो ।

सन् १९०७ अगस्ट ३१ मा ‘द न्यू योर्कर’ पत्रिकामा लामो समयसम्म सम्पादकको जिम्मेवारी सम्हालेका विलियम शनको जन्म भएको थियो ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ७ : ०७ बजे

फिफा नियममाथि ट्रम्पको ‘पावर’: अमेरिकी खेलाडीले पाएको रातो कार्ड फुकुवा

काठमाडौँ – फिफा विश्वकपको एउटा स्थापित र अकाट्य नियम छ-

यी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

नर्वेसँगको हारसँगै भावुक बनेका नेयमारले गरे संन्यासको घोषणा

न्युयोर्क – ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

गोल्डेन बुटको रोमाञ्चक भिडन्त : प्रतिस्पर्धामा ७ गोलसहित मेसी, हालान्ड र एम्बाप्पे

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा सर्वाधिक गोलकर्तालाई प्रदान