पाकिस्तानमा बाढीको त्रास | Khabarhub Khabarhub

पाकिस्तानमा बाढीको त्रास

पीडितको चित्कार- 'हामीलाई खानेकुरा चाहियो'


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाकिस्तानमा पछिल्लो साताको भीषण बाढीले १० वटा पुल मात्र भत्काएको छैन, थुप्रै घर क्षतविक्षत भएका छन्। पाकिस्तानको खाइबर पकुतुन्वा प्रान्तको मनुर उपत्यकामा मुसल धारे वर्षासँगै बाढीले मच्चाएको वितण्डाका कारण सयौँ जना किनारमा बसेर सहयोगको याचना गरिरहेका छन्। ‘हामीलाई आपूर्ति चाहियो। हामीलाई खानेकुरा चाहियो। कृपया तुरुन्त पुल बनाउनुहोस्, हामीसँग केही छैन र राम्रोसँग खान पनि पाएको छैन’, स्थानीका यस्ता गुनासा सयौं छन्।

पाकिस्तानको परिचित पर्यटकीय क्षेत्र कगान पहाडको छेउमा मनुर उपत्यका छ। त्यो उपत्यकामा मुसलधारे वर्षापछि १५ जनाको ज्यान गएको हो। त्यहाँको उपत्यकालाई मुख्य सहरसँग जोड्ने एउटा मात्र पक्की पुल भत्किएको छ। त्यो समयदेखि पुलका दुई तिर रहेका गाउँवासी एक आपसमा कुरा गर्न पनि नसक्ने भएका छन्।

कोही नयाँ मान्छे देख्यो भने सरकारी अधिकारी हो र राहतका केही प्याकेज लिएर आएको हुनसक्छ भन्ने आसले उनीहरू दङ्ग पर्ने गरेका छन्। कुनै नयाँ व्यक्ति त्यहाँ पुगेपछि उनीहरूको फिल्मी शैलीमा आफ्ना माग राख्ने गर्छन्।

त्यहाँसम्म पुग्ने सडक पनि भत्किएको छ। एउटा पक्की पुलको स्थानमा काठे पुलको व्यवस्था गरिएको छ। सबै स्थानमा काठे पुल बनाउन पनि सम्भव छैन। एक अलपत्र महिला आफ्नो घर देखे पनि पुग्न नसक्ने गुनासो गर्छिन्। उनी भन्छिन्, ‘मेरो घर र मेरो बच्चा अर्को तर्फ छन्। म दुई दिनदेखि सरकारले पुल निर्माण गर्ने आसमा यहीँ बसेको छु’, उनले भनिन्। सरकारले हामीलाई पहाडको अर्को बाटोबाट घुमेर जान भनेको छ। म बुढी मान्छे त्यो आठ वा १० घण्टाको बाटो कसरी काटूँ।’

कोही नयाँ मान्छे देख्यो भने सरकारी अधिकारी हो र राहतका केही प्याकेज लिएर आएको हुनसक्छ भन्ने आसले उनीहरू दङ्ग पर्ने गरेका छन्। कुनै नयाँ व्यक्ति त्यहाँ पुगेपछि उनीहरूको फिल्मी शैलीमा आफ्ना माग राख्ने गर्छन्। ढुङ्गामा कागज डल्लो पारेर उनीहरूले त्यो कागजमार्फत् आवश्यकता औँल्याउने गरेका छन्।

अहिले मोबाइल फोनले पनि काम गर्दैन। खोलावारी र पारी सम्पर्क गर्ने माध्यम त्यही कागजको डल्लो ढुङ्गा पोको पारेर फ्याँक्ने नै हो। ती गाउँका आवश्यकता पनि त्यसै कागजको टुक्राबाट अरूले थाहा पाउँछन्। ‘गाउँमा अहिले धेरै जना बिरामी भएका छन्। उनीहरू हिँडेर कतै जान सक्दैनन्। ‘कृपया चाँडो पुलको व्यवस्था होस्’, ती कागजमा टुक्रामा लेखिएका छन्।

अहिले मोबाइल फोनले पनि काम गर्दैन। खोलावारी र पारी सम्पर्क गर्ने माध्यम त्यही कागजको डल्लो ढुङ्गा पोको पारेर फ्याँक्ने नै हो। ती गाउँका आवश्यकता कागजको टुक्राबाट अरूले थाहा पाउँछन्।

‘हामीलाई आपूर्ति चाहियो। हामीलाई सडक चाहियो,’६० वर्षीय अब्दुल रसिदले गुनासो गरे। उनले आफ्नो जीवन यापनको एक मात्र श्रोत र आधार बनेको गाडा पनि भेलमा गुमाइसकेका छन्। धेरै व्यक्तिले आफ्नो सम्पत्ति र आम्दानी गर्ने मुख्य माध्यम नै गुमाएका छन्। उनीहरूलाई सहयोग र खाद्यान्नको आवश्यकता परेको छ। त्यहाँ एउटा सानो किराना पसल थियो। त्यो पसल नै बाढीले बगाएको छ।

‘मेरो घर अर्को पट्टी छ। यो बुढेसकालमा म कसरी आठ घण्टा हिँडेर त्यहाँ पुग्न सक्छु ?’, एक वृद्धले भने। धेरै होटेल र पसल बगाएका छन्। यसै मध्यका एक युवा सोहलले दाजुसँग मिलेर खोलेको मोबाइल पसल नै बगाएको छ।

उनलाई बाँकी जिन्दगी कसरी चलाउने भन्ने चिन्ता छ। सामान्य जीवन बिताइरहेका उनी जस्ता धेरैका पसल बाढीको भेलसँगै हराए पछि बाँकी जीवन कसरी चलाउने र परिवारको समस्या कसरी समाधान गर्ने चिन्ता थपिएको छ। ‘राजनीतिज्ञ र सरकारी अधिकारी यहाँ फोटो खिचाउन र रमाइलो गर्न मात्र आउने हुन्। हाम्रो दुखको बारे कसैलाई पनि चासो छैन’, एक युवाले आक्रोश व्यक्त गरे। जिल्लाको उप कमिस्नर भने तत्काल राहत र क्षतिपूर्तिका कार्यक्रम अगाडि बढाइएको तथा थप क्षतिको विवरण तयार पारिँदै गएको बताउँछन्।

‘राजनीतिज्ञ र सरकारी अधिकारी यहाँ फोटो खिचाउन र रमाइलो गर्न मात्र आउने हुन्। हाम्रो दुखको बारे कसैलाई पनि चासो छैन’, एक युवाले आक्रोश व्यक्त गरे।

बाढीका पीडितलाई क्षतिपूर्ति दिनका लागि गृहकार्य भइरहेको उनले बताए। उनले तत्काल पुनःनिर्माणको काम सुरु गरिने दाबी गर्दै यसले पूर्णता पाउन भने केही दिन लाग्ने बताएका छन्।किनारामा बनाइएका होटेल र घरका कारण पानीको प्राकृतिक बाटोमा अवरोध आएकाले यो नै बाढीको एउटा प्रमुख कारण रहेको कगान बजारमा घर भएका एक युवा बताउँछन्।

कुनहार नदीको किनारमा आवस्थित छ, कगान सहर। नदी किनारमा बगर पछिल्लो समय अतिक्रमण हुँदै गएका छन्। नदीलाई साँघुरो बनाइँदै घर र होटेल बन्दै जानेक्रम विगत केही वर्षदेखि नै बढ्दो थियो। अहिले बाढीले ती सबै संरचनालाई ध्वस्त पारेको छ। त्यहाँ रहेको प्रहरी चौकी र धार्मिक विद्यालय पनि बाढीले बगाएको छ।

प्रहरी चौकीको छेवैमा खोलाको किनार नजिकै एउटा परिवार पाल टाँगेर बसेको छ। त्यो परिवारका आठ जनालाई खोलाले बगाएको थियो।पाकिस्तानमा पछिल्लो समय घनघोर वर्षा र बाढीका कारण १ हजार भन्दा बढीको ज्यान गएको छ भने सात लाख भन्दा बढी घर ध्वस्त भएका छन्। लाखौँले अहिले पानी, खानेकुरा र आवासका लागि सङ्घर्ष गरिरहेको समयमा राहत समूह यो पीडित समूहसम्म पुग्न सकेको छैन। सिन्ध र बालचीस्तान सबैभन्दा धेरै प्रभावित हुने मध्यका हुन्। खाइबर पकुतुन्वाको समस्या त आफ्नो ठाउँमा छदै छ।

पाकिस्तानमा पछिल्लो समय घनघोर वर्षा र बाढीका कारण १ हजार भन्दा बढीको ज्यान गएको छ भने सात लाख भन्दा बढी घर ध्वस्त भएका छन्।

पाकिस्तानी सेनाले राहत वितरण गर्न चाहने निकायलाई अनुरोध गरेको छ। तर, सडक बन्द भएका कारण त्यस्ता पीडितहरूको बसाइँ भएको स्थानमा पुग्ने उपाय हेलिकोप्टर मात्रै हो। यस विपद् परिस्थितिमा सहयोग गर्नका लागि पाकिस्तानी सरकारले पनि छिमेकी राष्ट्र, दातृ निकाय र अन्य वित्तीय क्षेत्रसँग अनुरोध गरेको छ।

अहिले युरोपका धेरै देश खडेरीको प्रकोपमा छन्। बिछट्टै गर्मीको कारण त्यहाँ धेरैका दिनचर्यामा नै प्रभाव पारेको छ । यसै समयमा पाकिस्तान इतिहासकै सबैभन्दा खराब र डरलाग्दो बाढीको प्रकोपमा परेको छ । जलवायु परिवर्तनको असर अहिले संसारका विभिन्न स्थानमा फरक ढङ्गले देखिने गरेका छन्।

यसक्रममा पाकिस्तानको छिमेकी देश अफगानिस्तानमा पनि बाढीको प्रभाव देखिएको छ। अफगानिस्तानमा मानवीय क्षतिसँगै आर्थिक क्षति पनि त्यत्तिकै भएको छ। हजारौँ लाइभ स्टकको ज्यान गएको छ भने १७ लाख फलफूलका विरुवाको नास भएको छ। अहिले देखिएको खडेरी र बाढीको असर दक्षिण एसिया, यूरोप र पूर्वी अफ्रिकामा उत्तिकै छ।

अहिलेको जलवायु परिवर्तनको असर र पछिल्ला केही वर्षको घटनाक्रम हेर्ने हो भने संसारमा यो प्राकृतिक विपत्तिको चक्र चली नै रहने सम्भावना छ। गत जुन महिनामा जलवायु वैज्ञानिकले जलवायु परिवर्तनका कारण पछिल्ला दुई दशकमा कसरी एक अर्का स्थानमा परक डङ्गको असर परेका छन् भन्ने रिपोर्ट इन्भारमेन्टल रिसर्चमा प्रकाशित गरेका थिए। त्यो रिपोर्टमा डढेलो र खडेरीको बारे पनि चर्चा गरिएको थियो।

अहिले युरोपका धेरै देश खडेरीको प्रकोपमा छन्। यता पाकिस्तान इतिहासकै सबैभन्दा खराब र डरलाग्दो बाढीको प्रकोपमा परेको छ । जलवायु परिवर्तनको असर अहिले संसारका विभिन्न स्थानमा फरक ढङ्गले देखिने गरेका छन्।

त्यस रिपोर्टमा मध्यम तथा निम्न आय भएका देशको भने पूर्ण डाटा छैनन्। यसले त्यहाँको अवस्थाको वास्तविक पहिचान भने नभएको पनि हुनसक्छ। परन्तु अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिक बेन क्लर्क डढेलोको मुख्य कारण र पश्चिमा देशको वास्तविक अवस्था भने राम्रोसँग चित्रण भएको बताउँछन्। दक्षिण एसियाकै हकमा भने अप्रिल महिनामा गर्मीको असर यस्तै डरलाग्दो देखिएको थियो।

जुन महिनामा चीन र बङ्गलादेशमा एकै पटक बाढीको डरलाग्दो प्रकोप देखिएको थियो। त्यसपछि दक्षिण एसियाली देशमा बारम्बार बाढीले धक्का दिइएको छ। तापक्रम बढेसँगै वायुमण्डलमा रहेका कणमा धेरै आर्द्रा हुन्छ। ती आर्द्रताका कारण जुनसुकै समयमा आउने वर्षा यत्तिकै डरलाग्दो हुने छ। यो घटना पाकिस्तानको भए पनि संसारका सबै देश बाढी, डढेलो र वर्षाको जोखिममा पर्न सुरु गरेका छन्।
स्रोत : बीबीसी, भ्वाइस अफ अमेरिका, रोयटर्स

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ७ : ५८ बजे

दार्चुला जिप दुर्घटना : मृतकको सङ्ख्या आठ पुग्यो

खलङ्गा– दार्चुलामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ

टुकुचाको ढलमा सङ्क्रामक पोलियो जीवाणु नभएको पुष्टि

काठमाडौं– गत असारमा टुकुचाखोलाको ढलमा भेटिएको जीवाणु पोलियो सङ्क्रामक नभएको

कोप–२९ मा सहभागी भई स्वदेश स्वदेश फर्किए राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित  जलवायु परिवर्तनसम्बन्धी

समता घरेलु लघुवित्तको एफपीओ बाँडफाँड

काठमाडौं– समता घरेलु लघुवित्तको थप शेयर निष्कासन (एफपीओ) बाँडफाँड भएको

पहिलो त्रैमासमा घट्यो नेपाल टेलिकमको आम्दानी र नाफा 

काठमाडौं– नेपाल टेलिकमको चालू आर्थिक वर्ष २०८१-०८२ को पहिलो त्रैमासिक