मधेसमा एमालेका मोहम्मद समिर बने विना विभागीय मन्त्री, जसपाका तीन जना बर्खास्त « Khabarhub

मधेसमा एमालेका मोहम्मद समिर बने विना विभागीय मन्त्री, जसपाका तीन जना बर्खास्त


७ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मधेस प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवले बिहीबार सरकार पुनर्गठन गर्दै नयाँ राजनीतिक समीकरणअनुसार मन्त्रीहरूमा हेरफेर गरेका हुन् ।

सरकारमा सहभागी जनमत पार्टीका दुई मन्त्रीले राजीनामा दिएसँगै मन्त्रिपरिषद् पुनर्गठनको प्रक्रिया अघि बढाइएको थियो । सीके राउत नेतृत्वको जनमत पार्टीबाट अर्थमन्त्री बनेका महेशप्रसाद यादव र समाजकल्याण तथा खेलकुद मन्त्री वसन्त कुशवाहाले मुख्यमन्त्री यादवसमक्ष राजीनामा दिएका थिए ।

त्यसपछि मुख्यमन्त्री यादवले एमालेका सांसद मोहम्मद समिरलाई विना विभागीय मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री यादवले जसपा नेपालका तीन मन्त्रीहरूलाई बर्खास्त गर्दै नयाँ राजनीतिक सन्तुलन कायम गर्ने प्रयास गरेका छन् ।

प्रदेश सरकारमा हाल भौतिक पूर्वाधार मन्त्री राजकुमार गुप्ता, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा र श्रम तथा यातायात मन्त्री मनिष सुमन रहेका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहिबार  १० : १३ बजे

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया