गोर्भाचोभको निधनपछि बाइडेनले भने- ‘दुर्लभ नेता’ « Khabarhub

गोर्भाचोभको निधनपछि बाइडेनले भने- ‘दुर्लभ नेता’


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार मस्कोमा ९१ वर्षको उमेरमा निधन भएका पूर्व सोभियत नेता मिखाइल गोर्बाचोभलाई विश्वलाई सुरक्षित स्थान बनाउने ‘दुर्लभ नेता’ को रूपमा टिप्पणी गरेका छन् ।

‘यी दुर्लभ नेताका यस्ता कार्य थिए–एउटा भिन्न भविष्य सम्भव छ भन्ने कल्पना र  साथ हेर्ने र यसलाई प्राप्तिका लागि आफ्नो सम्पूर्ण करिअरलाई जोखिममा राख्ने साहस’ बाइडेनले अगाडि भनेका छन् ‘त्यसको परिणाम सुरक्षित संसार र लाखौँ मानिसहरूका लागि ठूलो स्वतन्त्रता थियो ।’ गोर्भाचेभ महत्वपूर्ण भिजन भएका व्यक्ति भएको पनि बाइडेनले बताए ।

लामो समयदेखि बिरामी भएका गोर्भाचोभको मंगलबार निधन भएको थियो । सन् १९८५ देखि १९९१ सम्म शक्तिमा रहेका उनले अमेरिका र सोभियत सम्बन्धलाई सुधार्न सहयोग गरे र उनी शीतयुद्धका अन्तिम नेता हुन् ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ९ : ३५ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज