तीजमा पुरुषहरू पनि महिलाका लागि व्रत बस्नुपर्छ | Khabarhub Khabarhub

तीजमा पुरुषहरू पनि महिलाका लागि व्रत बस्नुपर्छ


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यस वर्षको हरितालिका तीज हिन्दू नेपाली महिलाहरुले भगवान शिवको पूजा आराधना गरी धुमधामका साथ मनाएका छन् । तीजको दिन व्रत बसी शिव पार्वतीको उपासना गरेमा सुख शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

खासगरी पहिला तीज जुन उद्देश्य र जसरी मनाइन्थ्यो, तर पछिल्लो समय  तिज मनाउने तौर तरिका नै बदलिँदै गएको छ । तिजका नाममा पार्टी प्यालेसदेखि खुलामञ्चमा महिनौँदेखि दर पार्टीहरू चलिरहन्छन् । पहिला तीज वर्ष भरिको दुःख पीडा बिर्साउने पर्वका रुपमा हेरिन्थ्यो भने पछिल्लो समय महिलाहरूले अलि बढी स्वतन्त्रताका रूपमा लिन थालेका छन् ।

खास तिजको हिजो आस्था र अहिलेको अवस्थामा के फरक आएको छ, यसै विषयमा वरिष्ठ अधिवक्ता तथा महिला अधिकारकर्मी मिरा ढुङ्गानासँग खबरहबका लागि धीरज बस्नेतले गरेको कुराकानीको सम्पादित अंश:

व्यक्तिगत रूपमा तपाईँले यो तीज कसरी लिनुहुन्छ ?

तीजमा हामीले बिहानै उठी स्नान गरी पूजाआजा गरेर मनाउँछौँ । तर अहिले जुन तरिकाले तीज मानिइन्छ, त्यो धेरै भयो जस्तो लाग्छ मलाई।  हाम्रो त धेरै समय लगाएर हिँड्ने समय पनि पर्दैन ।

हामी त्यो दर खाने दिनमा नै माइत जान्छौँ र गफगाफ भेटघाट गरेर सुख दुख साटासाट गर्छौँ । त्यो दिन महिलाको स्वतन्त्रका रूपमा पनि हेर्ने गरिन्छ । तर महिलाले एक महिलादेखि मनाउनु भनेको क्षमता नभएकालाई पनि यो गर्न पाए हुन्थ्यो जस्तो लाग्छ होला तर त्यो नगर्दा हुन्छ ।

अहिले महिलाहरूले के को लागि मनाउँदै छन् भन्ने कुरा महत्त्व हुन्छ । जस्तो पतिको आयुका लागि हो कि अरूको लागि हो कि । त्यो बुझ्नु पर्दछ ।

तपाईँहरू जस्तो अधिकारकर्मीले तीजका नकारात्मक पक्षलाई रोक्नु पर्दैन ?

महिलाहरू त्यो दिन स्वतन्त्र भएर मनाउनु पर्दछ । सबैलाई नियन्त्रण गर्न हामी सक्दैनौँ । त्यो आफैमा सिक्ने कुरा हो । दारु पार्टी गर्नु हुँदैन भनेर हामीले भन्छौँ । तिजको व्रत हामीले पतिको दीर्घायुको लागि र राम्रो पति पाइयोस् भनेर पुरुषको खुसी पार्न हामी बस्छौँ । तर महिलालाई खुसी पार्नुपर्ने र महिलाको दीर्घायुको लागि को व्रत बस्छ त ? त्यसैले यो महिला र पुरुषबीचको विभेद पनि हो ।

महिलाले स्वतन्त्र रूपले मनमा भएका सबै पीडा पोख्न पाउने दिनका रूपमा पनि लिइन्छ यो तीज । माइतीहरू लिन आउँछन् । सबै एक हुन्छन् । त्यसैले यो आफन्त भेटघाट गर्ने चाड पनि हो । यदि समानता हो भने पुरुषले पनि महिलाको लागि व्रत बस्दा राम्रो हुन्छ । नत्र महिला भनेको पूर्ण मानव हैन विभिन्न यातनाहरू सहन गर्ने खाना नखाइ बस्नु भनेको त यातना नै हो नि ।

यो नागरिकता विधेयकलाई तपाईँले कसरी हेर्नु भएको छ ?

नागरिकता विधेयकलाई हेर्दा धेरै खोट छ किन भने आमाबाबु दुवै जन्मको आधारमा नेपाली नागरिकता लिएका छन् भने आमाबाबु मध्ये कसैले लिएका छन् भने तिनका सन्तानहरूले नागरिकता पाउन सकेका छैनन् । यो पारित भएको भए तिनले पाउने सम्भावना हुन्थ्यो ।

यसमा महिलाको कुरा गरेको छ बाबुको पहिचान नभएको हाम्रो संविधानको धारा ११ को ५ मा जुन व्यवस्था गरेको थियो, त्यसको आधारमा कानुन ल्याउने भनेर ल्याएको छ । त्यसमा पुरुषले पनि यी मेरै बच्चा हो भन्दा पनि महिलाले फर्म नै भरेर स्वघोषणा नै गर्नुपर्ने व्यवस्था छ । कुनै महिलाले झगडा परेर यो मेरो हैन भनेर उजुरी नै गरेको आधारमा पनि ३ वर्ष सम्म कैदको सजाय  भोग्नुपर्ने र जरिवाना तिर्नुपर्ने  वा महिला जान सकेन मृत्यु नै  भइसकेको छ भने सन्तान आफैले यो फर्म भर्नुपर्ने कुराहरू छन् । त्यो सन्तानले भर्दा गलत ठहरियो भने उसलाई पनि सजाय भनेको छ । तर त्यही काम पुरुषले गर्दा कुनै सजाय छैन ।

अङ्गीकृत नागरिकताको विषयमा तपाईँको धारणा के हो ?

अङ्गीकृत नागरिकताको विषयमा वैवाहिक अङ्गीकृत नागरिकताको मात्र कुरा गरेको छ अरू अङ्गीकृत नागरिकताको कुरा गरेको छैन । जस्तो, म नेपाली नागरिक आमाको छोराछोरी छन् भने विदेशीसँग मैले विवाह गरेको छु । म नेपाली आमा नागरिकका छोराछोरी छन् भने तिनले अङ्गीकृत नागरिकता पाउँछन् । त्यसको कुरा काँही आउँदैन र तिनीहरूले नागरिकता प्राप्त गर्नुपर्‍यो भने मन्त्री परिषदबाट पारित हुनुपर्दछ ।

एउटा व्यक्तिका लागि मन्त्रिपरिषदले कति सिरियस भएर दिने त्यसमा भर पर्छ । पुरुषको नामबाट अङ्गीकृत नागरिकता पाइन्छ भनिएको छ तर महिलाका नामबाट छैन । जस्तो, मैले म नेपाली हो मेरो श्रीमानले पाउनुपर्दछ भन्न सक्दिनँ मैले । बाहिरको पुरुषसँग विवाह गरेर बाहिर नै बस्न जाने हो भने ठीक छ तर बाहिर नजाने र यही बस्छु भन्नेलाई त दिनु पर्यो नि त्यो छैन ।

(प्रस्तुति: पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ११ : ३२ बजे

सरकारसँग निर्माण व्यवसायीको ताकेता, बक्यौता रकम छिटो भुक्तानी दिनू

काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघले आफूहरूले पाउनुपर्ने बक्यौता रकम छिटो

काठमाडौं छाड्नेलाई सुझाव – फूलपातीअघि नै गाउँ जानोस् !

नेपाली नागरिकहरूलाई दशैं माहौले छोप्न थालिसकेको छ । दशैंका बेला

खोलाको सिमानाभित्रका भौतिक संरचना हटाउँदै भरतपुर महानगर

काठमाडौं– चितवनको भरतपुर महानगरपालिकाले पुङ्गी खोलाको सिमानामा परेका भवनहरू भत्काउने

बाबुको हत्या अभियोग छोरा पक्राउ

सिराहा– आफ्ना बाबुको हत्या अभियोगमा औरही गाउँपालिका–३ खजनपुरका शैलेन्द्रकुमार यादवलाई

तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व संकलन

तनहुँ– मालपोत कार्यालयले आर्थिक वर्ष २०८०-८१ मा रु ३६ करोड