यसरी जोगिन सकिन्छ डेँगुबाट | Khabarhub Khabarhub

यसरी जोगिन सकिन्छ डेँगुबाट


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अहिले डेंगु संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ । काठमाडौं, ललितपुर लगायतका ठूला शहरमा पनि डेँगुको संक्रमण फैलिँदा यसले महामारीको रुप लिने हो कि भन्ने त्रास पनि पैदा गरेको छ ।

टोलटोलमा डेँगुको संक्रमण फैलिरहेकाले यसको भय आम मानिसमा परिरहेको छ । वि.सं. २०१९ मा जस्तो डेँगुको संक्रमण अहिले पनि दोहोरिन्छ कि भनेर आशंका गरिएको छ भने सरकारले पनि सबैलाई सचेतता अपनाउन आग्रह गरिरहेको छ ।

वर्षायामको समयमा कैयन् संक्रामक रोगहरुको भय हुन्छ। यतिबेला डेँगु, हैजा, स्क्रब टाइफस, फ्लू लगायत संक्रामक, किटजन्य तथा पानीजन्य रोगहरु बढ्न थाल्दछन् । अर्कोतर्फ कोभिड संक्रमण त छँदैछ । अहिले प्रायः सबैजसो रोगहरुको लक्षण मिल्दोजुल्दो हुनाले धेरै जना झुक्किने सम्भावना हुने चिकित्सकले बताएका छन् ।

अहिले देखिएको ओमिक्रोन भेरिएन्टमा मध्यम लक्षण देखिन्छ जुन रुघाखोकी तथा फ्लूका लक्षणसँग एकदम समान छ ।

फ्लू, रुघाखोकी, कोभिडको लक्षण उस्तै उस्तै हुने भएकाले बिरामीलाई के भएको हो भन्ने पत्ता लगाउन समस्या उत्पन्न हुने गर्छ । उता डेँगुका केही लक्षणहरू पनि यी रोगहरुसँग मिल्दछ । ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने, खोकी लाग्ने, घाँटी दुख्ने, टाउको दुख्ने, जिउ दुख्ने, आलस्य महसुस हुने, वाकवाकीलगायतका लक्षण कोभिड र फ्लूका साझा लक्षण हुन् ।

यस्तो अवस्था देखिएमा तुरुन्तै अस्पताल गएर डाक्टरको सल्लाह लिनुपर्छ ।

डेँगु फैलाउने लामखुट्टे दिनमा बढी सक्रिय हुने भएकाले संक्रमित हुने सम्भावना पनि दिनमा नै बढी हुने गर्छ ।

सेतोकालो जेब्रा लामखुट्टेु भएकोले जो कोहीले सहजै डेंगु फैलाउने लामखुट्टेको पहिचान गर्न सक्दछन् । जम्मा गरेर राखिएको सफा पानीमा यो लामखुट्टेको जीवनचक्र सहज हुने भएकोले घरभित्र वा घर वरिपरि तथा आफ्नो कार्य थलो वरिपरि पानी संकलन हुने वातावरण सिर्जना हुन दिन नहुने चिकित्सकहरू बताउँछन् ।

यस्तै प्लास्टिक, ड्रम, बाल्टिन, गाडीका फालिएका टायर आदिमा लामो समयसम्म पानी संकलन हुने हुँदा लामखुट्टे त्यस्ता ठाउँहरुमा बढी देखिने गर्दछ । र जहाँ लामखुट्टे बढी हुन्छ । देखिन्छ त्यहाँ डेंगु फैलने सम्भावना पनि बढी हुने सरुवा रोग विशेषज्ञ डाक्टर शेर बहादुर पुन बताउँछन् ।

अचानक ज्वरो आउनु, आँखाको गेडी दुख्नु, शरीर र जोर्नीमा अत्यधिक दुखाइ हुने, शरीरमा स–साना बिबिरा देखिनु, चिलाउनु, वाकवाक वा वान्ता हुनु डेंगुका मुख्य र शुरुवाती लक्षणहरू हुन् । संक्रमण भएको ४ देखि १० दिनसम्ममा संक्रमितमा लक्षणहरू देखिने गर्दछ । तर संक्रमितमध्ये ७५ प्रतिशतमा भने लक्षणहरू नदेखिन पनि सक्दछ ।

डेँगुका संक्रमितमा खासगरी टाउको र शरीरका मांशपेशीमा अत्यधिक पिडा हुने, उच्च ज्वरो आउने हुन्छ भने आँखाको गेडी खस्ला जस्तो हुने र दुख्ने समेत गर्छ ।

चिकित्सकका अनुसार वाकवाक वा बान्ता हुने पनि हुन्छ र दिसा पातलो हुने या पखाला लाग्ने समस्या देखिन्छ । साथै भोक नलाग्ने समस्या पनि देखा पर्छ ।

यस्ता लक्षणहरू देखिए डेंगु संक्रमण हुन सक्दछ । सामान्यतय डेँगु संक्रमितले घरमै चिकित्सकको परामर्शमा स्वास्थलाभ पनि गर्न सक्छ तर यस्ता लक्षणहरू देखिए भने तुरुन्त अस्पताल जान डाक्टर पुनको सुझाव छ ।

(खबरहबकर्मी विना न्यौपानेले डाक्टरहरुसँग गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  २ : २९ बजे

नेपाल प्रहरीका ४ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । गृहमन्त्रालयले जनपद प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा

संसदको मल्लयुद्धमा दुई दिन विश्राम, मिलनविन्दु के ?

काठमाडौं – सहकारी ठगी प्रकरण छानबिनका लागि तीन बुँदे प्रारम्भिक

मलङ्गवामा सवारी चालक प्रयोगात्मक परीक्षण सेवा सुरू

सर्लाही – यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका

बागमती सफाइ महाअभियान ११ औँ वर्ष पूरा

काठमाडौं – ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

कोबे – पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह