पहिरोले अधिकांश कच्ची सडक अवरुद्ध हुँदा यात्रु मारमा  « Khabarhub

पहिरोले अधिकांश कच्ची सडक अवरुद्ध हुँदा यात्रु मारमा 


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – वर्षाका कारण अधिकांश कच्ची सडक अवरुद्ध हुँदा खोटाङका स्थानीय मारमा परेका छन् । यस वर्षको वर्षा रोकिएपछि सुचारु भएका कच्ची सडक पुनः केही दिनयता परेको भारी वर्षाका कारण अवरुद्ध हुन पुगेको हो ।

जिल्लाको बिजुले–खार्पा–लामीडाँडा–दुबेकोल–ऐसेलुखर्क, जालपा–हौंचुर–ऐसेलुखर्क, बुईपा–राजापानी–रेग्मीटार–रसुवा, रसुवा–सिम्पानी–खोटाङबजार, दिक्तेल–पाथेका, दिक्तेल–खार्मी–बालाबेँसी लगायतका सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा अधिकांश यात्रु पैदल यात्रा गर्न बाध्य बनेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए । विशेषगरी बिरामी बोक्ने एम्बुलेन्स गुड्न नसक्दा जिल्लावासीलाई सबैभन्दा बढी सास्ती भएको छ ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत कालोपत्रे गरिएका दिक्तेल–हलेसी–जयराम र दिक्तेल–बाँझेच्यानडाँडा सडकमा मात्र सवारी साधन चलिरहेका छन् । जिल्लाका धेरैजसो स्थानीय तहले जेसीभी खरिद गरेका छन्  । तर, वर्षाका कारण अवरुद्ध सडक तत्काल मर्मतमा भने तदारुकता देखाउन सकेका छैनन् । यातायात व्यवसायीले चाँडोभन्दा चाँडो सडक मर्मत गरेर यातायात सुचारु गराउन र नागरिकलाई सहजता दिलाउन स्थानीय तहलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  १२ : ३५ बजे

फिफा नियममाथि ट्रम्पको ‘पावर’: अमेरिकी खेलाडीले पाएको रातो कार्ड फुकुवा

काठमाडौँ – फिफा विश्वकपको एउटा स्थापित र अकाट्य नियम छ-

यी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

नर्वेसँगको हारसँगै भावुक बनेका नेयमारले गरे संन्यासको घोषणा

न्युयोर्क – ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

गोल्डेन बुटको रोमाञ्चक भिडन्त : प्रतिस्पर्धामा ७ गोलसहित मेसी, हालान्ड र एम्बाप्पे

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा सर्वाधिक गोलकर्तालाई प्रदान