स्वास्थ्य कार्यसम्पादन मूल्यांकनमा मध्यनेपाल नगरपालिका उत्कृष्ट « Khabarhub

स्वास्थ्य कार्यसम्पादन मूल्यांकनमा मध्यनेपाल नगरपालिका उत्कृष्ट


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– स्वास्थ्य क्षेत्रको कार्य सम्पादनको आधारमा लमजुङका स्थानीय तहमध्ये मध्यनेपाल नगरपालिका प्रथम भएको छ । स्वास्थ्य कार्यालय लमजुङले आर्थिक वर्ष २०७८/०७९ मा सम्पादित स्वास्थ्य सम्बन्धी गतिविधिहरूका मुख्य सूचकहरूको आधारमा मूल्यांकन गर्दा मध्यनेपाल प्रथम भएको हो ।

नगरपालिका ८७ दशमलव ६२ अंकका साथ पहिलो भएको स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले बताए । उनका अनुसार दूधपोखरी गाउँपालिका ८२ दशमलव ७५ अंकका साथ द्वितीय भएको छ । बेँसीसहर नगरपालिका ८१ दशमलव ६५ अंकका साथ तृतीय भएको छ । 

प्रथम, द्वितीय र तृतीय हुने स्थानीय तहलाई सम्मान पत्र र ट्रफी प्रदान गरिएको छ । कार्यालयले  बेँसीशहरमा आयोजना गरेको आर्थिक वर्ष २०७८/०७९ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको वार्षिक प्रगति समीक्षा तथा पूर्णखोप सुनिश्चितता दिगोपना योजना तर्जुमा गोष्ठीको अवसरमा सम्मान गरिएको छ ।

क्व्होलासोंथर गाउँपालिका ७६ दशमलव ४२ अंकका साथ चौथो, राइनास नगरपालिका ७३ दशमलव १७ अंकका साथ पाँचौं, दोर्दी गाउँपालिका ७३ दशमलव ०७ अंकका साथ छैटौँ भएको छ । मर्स्याङ्दी गाउँपालिका ६८ दशमलव २४ अंकका साथ सातौं र सुन्दरबजार नगरपालिका ६६ दशमलव ४० अंकका साथ आठौं स्थानमा रहेको छ । 

१३ वटा कार्यक्रमअन्तर्गत २८ सूचकको आधारमा मूल्यांकलन गरिएको दवाडीले बताए । कार्यक्रममा राष्ट्रिय खोप कार्यक्रम, पोषण कार्यक्रम, बालरोगको एकीृकत व्यवस्थापन कार्यक्रम, परिवार नियोजन कार्यक्रम, मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा कार्यक्रम, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम, गाउँघर क्लिनिक कार्यक्रम, क्षयरोग नियन्त्रण कार्यक्रम, एड्स तथा यौनरोग नियन्त्रण कार्यक्रम, औलो रोग निवारण कार्यक्रम, उपचारात्मक सेवा कार्यक्रम, स्वास्थ्य व्यवस्थापन कार्यक्रम र आपूर्ति व्यवस्थापन कार्यक्रम रहेको थियो ।

 ति कार्यक्रमअन्तर्गत भएका क्रियाकलापको आधारमा अंकभार दिइएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  १ : ४० बजे

अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता

काठमाडौँ– एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ

पहिरोबाट उद्धार गरिएका भन्छन्– ‘नयाँ जीवन पायौँ’

म्याग्दी– पहिरोमा फसिएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङका ५७ वर्षीय प्रेमबहादुर

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो, पूर्वसावधानीले मानवीय क्षति टर्यो

काठमाडाैँ – ललितपुर महानगरपालिका–२४ स्थित धापाखेलमा लगातारको अविरल वर्षाका कारण

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म