‘महाअभियोग प्रस्ताव स्वतः निष्क्रिय भइसक्यो, संसद्को सम्मानका लागि मात्र आएको हुँ’ « Khabarhub

‘महाअभियोग प्रस्ताव स्वतः निष्क्रिय भइसक्यो, संसद्को सम्मानका लागि मात्र आएको हुँ’


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव स्वतः निष्क्रिय भइसकेको बयान दिएका छन् ।

बुधबार महाअभियोग सिफारिस समितिलाई बयान दिँदै उनले संसदमा आफूविरुद्ध दर्ता भएको महाअभियोग निष्क्रिय भइसकेको दाबी गरेका हुन् ।

गत १ फागुनमा सत्तारुढ दलका सांसदहरुले विभिन्न आरोपसहित जबराविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । यसपछि प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले बुधबार उनको बयान लिएको हो ।

 

समितिलाई बयान दिने क्रममा जबराले महाअभियोग स्वतः निष्क्रिय भएको र आफू संसद्को सम्मानका लागि मात्र आएको जवाफ दिएका हुन् ।

आफूलाई बयानमा बोलाउँदा संविधान र संसद्को नियमावली पालना नगरेको बताउँदै उनले महाअभियोग प्रस्ताव निष्क्रिय भइसकेको जिकिर गरे । साथै आफू पछिका न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउन महाअभियोग प्रस्ताव दर्ता गरेको उनको आरोप छ ।

दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउन आफूविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको दाबी गरेका जबराले यस्ता घटनाले न्यायपालिका कमजोर हुने बताए ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  २ : ४४ बजे

अमेरिकी नाकाबन्दीबीच इरानका तेलमन्त्रीले दिए राजीनामा

तेहरान- संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम निर्यात रोक्न कडा नौसैनिक नाकाबन्दी

महिला उपसभापति र महामन्त्रीमा भुसाल र संग्रौला निर्विरोध हुने सम्भावना

काठमाडौँ – नेपाली कांग्रेसले चारजना उपसभापति बनाउने विधान थपेको छ।

नेपाल राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका नयाँ सिक्का ल्याउने

विकासोन्मुख देशको आवश्यकतामा केन्द्रित हुँदै चीनको विकास पहल

बेइजिङ- चीनले अघि सारेको विश्वव्यापी विकास पहल (जीडीआई) पाँच वर्ष पूरा

गुल्जार हुने मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम

मुस्ताङ– चाडपर्वमा गुल्जार हुने  मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम बनेको छ