कहिल्यै सुधार नहुने जाजरकोट सदरमुकाम  « Khabarhub

कहिल्यै सुधार नहुने जाजरकोट सदरमुकाम 


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- भिरालो जमिनमाथि घर र वस्ती। त्यही जमिनमा जबरजस्ती टाँसेर निर्माण गरिएका सडक । सवारीसाधन पार्किङका लागि ठाउँ नहुँदा सडक नै दुर्घटनाकाे प्रमुख कारण बनिरहेको छ ।

यो दृश्य जाजरकोट सदरमुकाम अर्थात् भेरी नगरपालिका–४ शान्तिचौतारादेखि वडा नम्बर ३ को तल्लो थाप्लेसम्मको हो । यही भू-भागभित्र जिल्लाका सबै सरकारी कार्यालय छन् ।

स्थानीय सरकारको रूपमा रहेको भेरी नगरपालिका जाने आउने बाटो समेत यहीँ छ । जाजरकोट–डोल्पा खण्डको एक भाग (भेरी करिडोर)समेत यहीँ पर्छ । राति पानी पर्न थालेपछि यहाँका स्थानीयवासीले ज्यान जोगाउन घर नै छोड्नुपर्ने बाध्यता छ । बढ्दो मानवीय क्रियाकलापले आफैँलाई धराप पर्ने गरी दैनिक काम हुँदा सदरमुकामको अस्तित्व बिस्तारै लोभ हुने अवस्थामा पुगेको सरोकारवालाहरूको प्रतिक्रिया छ ।

प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री सत्या पहाडीले केही दिन अगाडि प्रतिनिधिसभा बैठकमा जाजरकोट सदरमुकाम पहिरोको जोखिममा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी थिइन् । जिल्लाको पुरानो बजार क्षेत्र रहेको ठाँटी बजार नजिकै होटेल तथा स्थानीयवासीले फोहोर पानी जथाभाबी खसाल्दा पुरै जमिन भासिएको छ। यही ठाउँमा पटक पटक मर्मतका नाममा करोडौँ  खर्च भए पनि जोखिम न्यूनीकरणको भरपर्दो काम अझै हुन सकेको छैन । सदरमुकामका अधिकांश ठाउँमा सामुदायिक तथा सरकारी जमिन समेत कब्जा गरेर घर टहरा निर्माण गरी अस्थायी बस्ती बसाउने कामले पनि तीव्रता पाएको छ ।

भेरी नगरपालिकाले सडकको छेउछाउदेखि अन्य अधिकार क्षेत्रभित्र रहेको कुनै विकास निर्माणमा ध्यान नदिँदा सदरमुकामको भविष्य अन्धकार बन्दै गएको छ । सदरमुकामको भारवहन क्षमताभन्दा पनि बढी मानवीय क्रियाकलाप हुँदा अस्तित्व नै संकटमा पर्ने उद्योग वाणिज्य संघ, जाजरकोटका अध्यक्ष कर्णबहादुर खत्रीले बताए । निजी स्तरबाट सञ्चालनमा रहेका बैंकहरूका अगाडि यातायातका साधनहरू पार्किङ गरी टिकट काट्ने स्थल बनाइएको छ ।

भेरी नगरपालिकाको आँखै अगाडि बेथितिका चाङ देखिए पनि नदेखेझैँ गरेर रमिते बनेको भेरी–१ का वीरबहादुर बस्नेतले बताए । जिल्ला नापी कार्यालयले दिएको जानकारी अनुसार २१० वटा घर मात्र यहाँ दर्तावाल जमिनमा निर्माण भएका छन् ।

दलका नेताहरूले सरकारी तथा सामुदायिक वनको जग्गा मिचेर ठुलाठुला घर निर्माण गरेको नापी कार्यालयको तथ्यांकमा उल्लेख छ । घर निर्माणकाे कुनै मापदण्ड नहुँदा आफूले खनेको खाडलमा आफै पुरिने सम्भावना बढेको सरोकारवालाहरूको बुझाइ छ ।

भेरी नगरपालिकामा राज्यले पटक पटक गरेको लगानी पनि बालुवाको महल हुँदै आएको छ । संघीय सरकारबाट सडक निर्माणका लागि हरेक वर्ष बजेट विनियोजन गरिएको छ । यहाँ निकै राम्रो बजेट परिरहेको  इन्जिनियर सन्तोष शाहीले बताए । तर, त्यो बजेटले मानवीय क्रियाकलाप सुधार नहुने उनको भनाइ छ ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ३ : २८ बजे

जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयो : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

खुला सीमाको फाइदा उठाउँदै डिम्ब तस्करी गराउने गिरोह सक्रिय, किशोरी जोखिममा

काठमाडौं- नेपालको सीमावर्ती क्षेत्रबाट आर्थिक प्रलोभन देखाएर नेपाली किशोरी तथा

नेपाल बाल संगठनमा मन्त्री सीता बादीको छड्के अनुगमन

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ ।