साँझ ५ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

साँझ ५ बजेसम्मका मुख्य १० समाचार


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ: बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । साँझ ५ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

१. आफूविरुद्धको महाभियोग निष्क्रिय भइसकेको राणाको बयान 

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्धको महाभियोग निष्क्रिय भइसकेको बयान दिएका छन् । सिंहदबारमा प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बयान दिन उपस्थित भएका जबराले आफूलाई न्याय दिनका लागि समितिलाई आग्रह गरेका हुन् ।

आफूविरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय भइसकेको बताउँदै जबराले आफू संसद्को सम्मानका लागि नागरिकका हिसाबले आएको जिकिर गरे । अदालतमा गुटबन्दी हुनुको कारण आफुपछिको  दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउने महत्त्वाकाङ्क्षा रहेको जबराको भनाइ छ । यस्तै उनले बारका पूर्वपदाधिकारीमाथि गम्भीर आरोप लगाए ।

 नेपाल बारका पूर्वपदाधिकारीले उच्च अदालतको न्यायाधीश मागेको र सर्वोच्च अदालत बारका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले मुद्दा मिलाइदिनुपर्ने कुरा राखेको जबराले आरोप लगाएका हुन्  ।

उनले संसद्ले नै आफ्नो नियमावलीको पालना गर्न नसकेको टिप्पणी  पनि गरे  । जबरा बयानका लागि ११ बजे नै समितिमा पुगेपनि बैठक करिव डेड घण्टा ढिलो सुरु भएको हो । जबरामाथि गत फागुन १ मा महाभियोग दर्ता भएको थियो । त्यसपछि उनी स्वतः निलम्बनमा परेका छन् ।

२. राष्ट्रपति भेट्न प्रचण्ड शीतल निवासमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शीतल निवास पुगेका छन् ।

विवादित नागरिकता विधेयकलाई राष्ट्रिय सभाले पारित नगरी विधायन समितिमा पठाइदिएपछि सत्तारुढ दलले राष्ट्रपतिसँग छलफल गरिरहेका छन् । केहीबेर अघि प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा तथा उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुन पनि शीतल निवास  पुगेका हुन् ।

यसअघि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूले पनि नागरिकता विधेयकलाई लिएर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका छन् । केही दिनयता राजनीतिक दलका नेताहरूसँग निरन्तर संवादमा रहेकी राष्ट्रपति भण्डारीले यसअघि कांग्रेस र एमालेका शीर्ष नेताहरूसँग छलफल  गरेका थिइन् ।

३. एमाले अध्यक्ष ओली सुदूरपश्चिममा

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा कैलाली पुगेका छन्। संघीय सांसद र पूर्वमन्त्री लगायतका नेता कार्यकर्ताहरूलाई एमाले भित्र्याउन ओली कैलालीबाट कञ्चनपुर प्रस्थान गरेका छन्।

प्रतिनिधिसभा सदस्य बिना बुढाथोकी, नेकपा एकीकृत समाजवादीका निवर्तमान सुदूरपश्चिम अध्यक्ष विक्रम शाही, पूर्वमन्त्री तारा लामा तामाङ, वेदकोट नगरपालिकाका पूर्व मेयर अशोक चन्द, नेता वीर बहादुर बुढाथोकी लगायतलाई ओलीले आज एमालेमा स्वागत गर्ने कार्यक्रम रहेको छ। माओवादीबाट पनि ठूलो सङ्ख्यामा आज एमाले प्रवेश गर्ने जनाइएको छ ।

माओवादी केन्द्रका प्रभावशाली नेता नेता शंकर दत्त जोशी, मोहन गिरी लगायतका नेताहरू पनि भोलि एमाले प्रवेश गर्ने जनाएका छन् । कैलाली र कञ्चनपुरको संयुक्त आयोजनामा कञ्चनपुरको महेन्द्रनगरमा आयोजना हुने बृहत् पार्टी प्रवेश कार्यक्रममा २ हजार बढी नेता कार्यकर्ता एमाले प्रवेश गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

यसैबीच सुदूरपश्चिमका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी बर्खास्त  भएका छन् । नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका चौधरीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेको उनको स्वकीय सचिव प्रेम कुँवरले जानकारी  दिए । चौधरी नेकपा एमालेमा प्रवेश गर्ने सूचना पाएपछि सरकारबाट हटाएको कुँवरले बताए । 

 ४. भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे नेपाल आउने 

भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे  पाच दिने भम्रणका क्रममा  आगामी आइतबार नेपाल आउने भएका छन् ।

प्रधान सेनापति महारथी प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा  पाँच सदस्यीय भ्रमणदलका साथ नेपाल आउनु हुने कार्यक्रम रहेको  नेपाली सेनाले  जनाएको  हो ।

पाँच दिवसीय भ्रमणका दौरान जनरल पांडेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, प्रधान सेनापति शर्मासँग भेटघाट लगायतका कार्यक्रम तय भएको  छ ।  भम्रणका क्रममा  जनरल पांडेले  प्रधानमन्त्री देउवासँग औपचारिक भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ ।

५. अभिनेता शाहमाथि  तनहुँमा आज हुने भनिएको सुनुवाइ स्थगित

नाबालिग बलात्कारको आरोप लागेका अभिनेता पल शाहमाथि जिल्ला अदालत तनहुँमा आज  हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।

नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका अभिनेता शाहको मुद्दा न्यायाधीश दलबहादुर केसीको इजलासमा आज परेको थियो । तर न्यायाधीश केसी अनुपस्थित भएकाले सुनुवाइ हुन  नसकेको हो ।

शाह हाल बलात्कार अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका  छन् । अब, जिल्ला अदालत नवलपुरमा  शाहमाथिको मुद्दाको पेशी  भदौ २१ गते  मगंलबारका लागि तोकिएको  उनका कानुन व्यावसायी अधिवक्ता कमला मोहन वाग्लेले जानकारी  दिए ।

६.  नेप्से २१ भन्दा बढी अंकले घट्यो 

 कारोबारको पहिलो दिन आज शेयर बजार परिसुचक नेप्से घटेको छ । नेप्से आज २१ दशमलव ९७ अङ्कले घटेर एक हजार नौ सय ७३ दशमलव ३८ विन्दुमा पुगेको हो आज दुई सय २४ वटा कम्पनीको २९ लाख ९२ हजार ८ सय  ७३  कित्ता शेयर एक अर्ब १२ करोड ६२ लाख १७ हजार  रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १० करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, विकास बैंक, उत्पादन, जलविद्युत् र फाइनान्स समूहको शेयर उच्च अङ्कले गिरावट आएको छ  ।

आज हिमालयन पावर पार्टनरको शेयर सबैभन्दा धेरै झन्डै सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आरबीबी म्युचल फन्ड १ र नेपाल इन्भेस्टमेन्ट बैंकको डिबेन्चर झन्डै दुई प्रतिशतले बढेको छ ।

७.  आज गणेश चतुर्थी व्रत मनाइयो 

भाद्र शुक्ल चतुर्थीका दिन आज  गणेशको पूजा गरी गणेश चतुर्थी व्रत मनाइएको छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । गणेश चतुर्थीका अवसरमा काठमाडौं कमलादीस्थित गणेश मन्दिरमा भक्तजनको भीड लागेको थियो ।

  काठमाडौँ उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, लगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरि गणेशको जन्मोत्सव मनाउने गरिन्छ ।

हरितालिका तीजको व्रत पारायण गरि गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहँदै आएको छ । भाद्र शुक्ल तृतीयाका दिन सुखद् दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका बर्तालुले चतुर्थीका दिन जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने गणेश पुराणमा उल्लेख छ । 

८.  पश्चिमी युरोपमा रुसद्वारा आजदेखि तीन दिन ग्यास आपूर्तिमा रोक 

रुसले नोड स्ट्रिम  पाइपलाइन १ बाट पश्चिमी युरोपमा  आजदेखि तीन दिन  ग्यास आपूर्तिमा रोक लगाउने भएको छ । नोर्ड स्ट्रिम १ मा मर्मतसम्भारका  गर्नुपर्ने भएकाले  आजदेखि सेप्टेम्बर ३ सम्म जर्मनीमा ग्यास प्रवाह नहुने एनर्जी कम्पनीले  स्पष्ट पारेको हो ।

मर्मतका लागि स्टेसनमा सो समय अवधि आवश्यक पर्ने कम्पनीलाई उद्धत गर्दै समाचार संस्था अलजजिराले जनाएको छ । रुसको ग्यासमा पूर्ण रुपमा निर्भर रहेको जर्मनीले भने युक्रेनसँगको युद्धको कारण पछिल्लो समय कटौती गर्दै आएको  आरोप लगाएको छ ।

यता रूसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभले भने, युरोपेली  राष्ट्रहरुले लगाएको प्रतिबन्धका कारण हुने प्राविधिक समस्याहरू बाहेक, अन्य आपूर्तिमा हस्तक्षेप  नगरिने बताए ।

रुसले बुल्गेरिया, डेनमार्क, फिनल्याण्ड, नेदरल्याण्डपोल्याण्डमा पनि आपूर्ति पूर्ण रूपमा बन्द गरेको छ  भने  अन्य पाइपलाइनहरूबाट प्रवाह घटाएको छ ।

९. संयुक्त राष्ट्रसङ्घका महासचिव गुटरेस आगामी हप्ता पाकिस्तानको जाने 

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस आगामी हप्ता पाकिस्तानको भ्रमणमा जाने भएका छन् । पाकिस्तानमा केही हप्ता यतादेखिको बाढीपहिरोले पुर्‍याएको क्षतिका समयमा पाकिस्तानी सरकार र त्यहाँका नागरिकलाई सान्त्वना दिनका लागि महासचिव एन्टोनियो गुटरेसले पाकिस्तानको भ्रमण गर्न लागेका महासचिव गुटरेसका प्रवक्ताले जानकारी दिएका हुन् ।

उनी आगामी सेप्टेम्बर ९ मा पाकिस्तान पुग्ने प्रवक्ता स्टेफन डुजारिकले जानकारी दिए । महासचिव गुटरेसले पाकिस्तानमा बाढी र पहिरोबाट सबैभन्दा बढी प्रभावित क्षेत्रको भ्रमण गर्ने जनाइएको छ ।

पाकिस्तानका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर एक हजार एक सयभन्दा बढी मानिसको मृत्यु भएको छ  भने बाढीमा  कारण  तीन करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । 

१०. नेपाल टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटको वरीयतामा एक स्थान तल झर्‍यो

नेपालको टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटको वरीयता घटेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयता अनुसार नेपाल  १६ औं स्थानमा झरेको हो । अघिल्लो वरीयतामा नेपाल १५ औं स्थानमा रहेको थियो ।

वरीयता घटेसँगै नेपालको सन् २०२४ मा वेस्टइन्डिज र अमेरिकामा आयोजना हुने टी-ट्वान्टी विश्वकपमा सिधै छनोट हुने सम्भावना  झन कठिन बन्दै गएको छ  । सन् २०२४ को टी-ट्वान्टी विश्वकपमा वरियताको शीर्ष ११ टोलीले सिधै विश्वकपमा स्थान बनाउने छन् ।

एकदिवसीयमा नेपाल १९ औं स्थानमा रहेको छ र टी-ट्वान्टीको नयाँ वरीयतामा भारत शीर्ष स्थानमा रहेको छ । इंग्ल्यान्ड दोस्रो र पाकिस्तान तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ५ : ०० बजे

बजेटमा ओलीको असन्तुष्टि छैन, समीकरण टिक्छ, उथलपुथल गर्ने बेला भएको छैन : प्रचण्ड

चितवन- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको अपेक्षा अनुसार अझै गति

काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह ब्राजिल प्रस्थान 

काठमाडौँ– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको

पुँजीगत खर्चमा सुध्रिएन सरकार, प्रतिदिन २ अर्ब बढी बर्खे खर्च गर्ने सम्भावना

काठमाडौं– सरकारले पुँजीगत शीर्षकमा गर्ने खर्चको प्रवृत्ति पुरानै अवस्थाको रहेको

प्रधानमन्त्रीले भने : बजेट जनताको पक्षमा छ, संसद्‍‍बाट पारित हुन्छ

चितवन- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षका लागि प्रस्तुत

छ किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छ किलो