धनुषाका तत्कालीन सिडिओसहित १३ जनाविरुद्ध अख्तियारको मुद्दा « Khabarhub

धनुषाका तत्कालीन सिडिओसहित १३ जनाविरुद्ध अख्तियारको मुद्दा


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी एवं मुआब्जा निर्धारण समितिका अध्यक्ष बसन्तराज गौतम, गुठी संस्थान शाखा कार्यालय धनुषाका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डे, सहायक प्रशासक, वरिष्ठ लेखा सहायकसमेत १३ जनाविरुद्ध भ्रष्टाचार गरेको सम्बन्धमा आरोप पत्र दायर गरेको छ । आयोगले उनीहरूविरुद्ध सार्वजनिक सम्पत्तिमा हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोप लगाएको छ ।

भरतपुर गाविसअन्तर्गत नेपाली सेनाको लागि अधिग्रहण भएको गुठीको जग्गामा किर्ते मोही कायम गरी मुआब्जा वितरण गरी भ्रष्टाचार भएको अख्तियारको आरोप छ । सो कार्यमा संलग्नलाई कारबाहीको मागका सम्बन्धमा अनुसन्धान हुँदा साबिक भरतपुर गाउँ विकास समितिअन्तर्गत नेपाली सेनाको लागि अधिग्रहण भएको गुठीको नाममा रहेको जग्गाको मुआब्जा वितरण गर्ने क्रममा किर्ते मोही कायम गरी मुआब्जा वितरण गरी सरकारी सार्वजनिक निकाय गुठी संस्थानलाई नै प्राप्त हुनुपर्ने रकम हिनामिना गरेको फेला परेको अख्तियारको दाबी छ ।

सोही कारण उनीहरूले भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि हुन आएकोले विशेष अदालत, काठमाडौँमा बुधबार आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ४ : ४७ बजे

बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गाले लागेर महिलाको  मृत्यु

सुदूरपश्चिम– बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गाले लागेर एक जनाको मृत्यु

काठमाडौंमा साउन १३ देखि टप–१६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिप

काठमाडौं– प्रथम काठमाडौं खेलमण्डल(एनआरटी) नेपाल टप-१६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिप

दोलखामै पहिलो वैतेश्वरबाटै सुरु भयो नापी तथा मालपोत सेवा 

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले जिल्लामै पहिलोपटक पालिकास्तरबाट नापी तथा मालपोत

‘सुनसरी गोलीकाण्डको नैतिक र राजनैतिक जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ’

काठमाडौं– जेन-जी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीको देवानगञ्जमा आइतबार

डिजेको आवाज र धार्मिक झण्डाबाट देवानगञ्जमा तनाव, प्रजिअ भन्छन्- संवेदनशील क्षेत्रमा नहुनुपर्ने घटना भयो

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा