धनुषाका तत्कालीन सिडिओसहित १३ जनाविरुद्ध अख्तियारको मुद्दा « Khabarhub

धनुषाका तत्कालीन सिडिओसहित १३ जनाविरुद्ध अख्तियारको मुद्दा


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी एवं मुआब्जा निर्धारण समितिका अध्यक्ष बसन्तराज गौतम, गुठी संस्थान शाखा कार्यालय धनुषाका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डे, सहायक प्रशासक, वरिष्ठ लेखा सहायकसमेत १३ जनाविरुद्ध भ्रष्टाचार गरेको सम्बन्धमा आरोप पत्र दायर गरेको छ । आयोगले उनीहरूविरुद्ध सार्वजनिक सम्पत्तिमा हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोप लगाएको छ ।

भरतपुर गाविसअन्तर्गत नेपाली सेनाको लागि अधिग्रहण भएको गुठीको जग्गामा किर्ते मोही कायम गरी मुआब्जा वितरण गरी भ्रष्टाचार भएको अख्तियारको आरोप छ । सो कार्यमा संलग्नलाई कारबाहीको मागका सम्बन्धमा अनुसन्धान हुँदा साबिक भरतपुर गाउँ विकास समितिअन्तर्गत नेपाली सेनाको लागि अधिग्रहण भएको गुठीको नाममा रहेको जग्गाको मुआब्जा वितरण गर्ने क्रममा किर्ते मोही कायम गरी मुआब्जा वितरण गरी सरकारी सार्वजनिक निकाय गुठी संस्थानलाई नै प्राप्त हुनुपर्ने रकम हिनामिना गरेको फेला परेको अख्तियारको दाबी छ ।

सोही कारण उनीहरूले भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि हुन आएकोले विशेष अदालत, काठमाडौँमा बुधबार आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ४ : ४७ बजे

एनजीसीसीआई र केसीसीबीच उद्योग-शिक्षा सहकार्यका लागि समझदारी

काठमाडौं– नेपाल–जर्मन उद्योग वाणिज्य संघ (एनजीसीसीआई) र पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको कान्तिपुर

भौतिक मन्त्रालयलाई मुख्यमन्त्री कँडेलको निर्देशन : रुग्ण आयोजनाको ठेक्का तोड्नुस्

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ठेक्का लिने तर समयमा

ग्रीनल्याण्डसम्बन्धी रक्षा सम्झौतामा अमेरिका र डेनमार्कबीच फेरि वार्ता हुने

एजेन्सी – अमेरिका र डेनमार्कबीच सन् १९५१ को ग्रीनल्याण्डसम्बन्धी रक्षा

प्रधानमन्त्रीद्वारा संसद् भवनमा सहिदको सालिक राख्ने विषयमा जानकारी

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले संसद् भवनमा जेन-जी आन्दोलनका सहिदहरुको सालिक