संसद्को कार्यकाल सकिनै लाग्दा सुदूरपश्चिममा पहिलो दल बन्दै माओवादी | Khabarhub Khabarhub

संसद्को कार्यकाल सकिनै लाग्दा सुदूरपश्चिममा पहिलो दल बन्दै माओवादी


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्र पहिलो पटक ठूलो दल बन्ने भएको छ । हाल प्रदेश सभामा ठूलो दल रहेको एकीकृत समाजवादीका दुई प्रदेश सभा सदस्य (तारा लामा तामाङ र कुलवीर चौधरी) एमाले प्रवेश गरेसँगै उनीहरू निलम्बनमा पर्ने छन् । १४ प्रदेश सभा सदस्यसहित ठूलो पार्टी बनेको नेकपा एसका दुई सदस्य निलम्बनमा परेमा अब उसँग १२ प्रदेश सभा सदस्य मात्रै हुने छन् ।

नेकपा एसका प्रदेश सभा सदस्यको संख्या १२ मात्रै रहेपछि १३ प्रदेश सभा सदस्य रहेको माओवादी प्रदेशको ठूलो दल बन्ने भएको छ । २०७४ मा सम्पन्न प्रदेश निर्वाचनमा १४ सांसद जितेको माओवादीबाट एक जना (झपट बोहरा) एमालेमा गएसँगै उसँग १३ जना मात्रै थिए ।

२०७४ को निर्वाचनपछि २४ प्रदेश सभा सदस्यसहित ठूलो दल बनेको एमाले विभाजित भएपछि १४ प्रदेश सभा सदस्यसहित नेकपा एस प्रदेश सभाको ठूलो दल बनेको थियो । तर प्रदेश सभाको कार्यकाल सकिनै लाग्दा नेकपा एसका दुई प्रदेश सभा सदस्य तारा लामा तामाङ र कुलवीर चौधरी एमालैमै फर्केका छन् । नेकपा एस दोस्राे ठूलाे दल बन्ने छ । ११ प्रदेश सभा सदस्य रहेको नेपाली कांग्रेस तेस्राे र १० प्रदेश सभा सदस्य रहेको एमाले चौथो दल बनेका छन् । एक-एकजना प्रदेश सभा सदस्यको जसपा र लोसपा चौथो दल बन्ने छन् ।

५३ प्रदेश सदस्य रहेको प्रदेश सभामा थप दुई जना निलम्बन हुँदा ४७ सदस्य रहने छन् । ५३ मध्ये एक जना सभामुख र एक जना उपसभामुख छन् ।

हाल नेपाली कांग्रेसबाट डडेल्धुराका कर्ण मल्ल, माओवादीबाट अछामका झपट बोहरा निलम्बनमा परेका छन् ।
नेकपा एसबाट एमालेमा गएका प्रदेश सभा सदस्य तारा लामा तामाङ र कुलवीर चौधरीलाई नेकपा एसको संसदीय दलले कारबाहीका लागि संसद् सचिवालयमा पत्र पठाउनुपर्ने छ । संसदीय दलले कारबाहीका लागि पठाएको पत्रका आधारमा सभामुखले सूचना टाँसेर वा प्रदेश सभामा जानकारी गराएर संसद् नरहेको जानकारी गराउनुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ४ : ५३ बजे

आयुर्वेद चिकित्सालयमा सेवा विस्तार

नुवाकोट– नुवाकोटको विदुर नगरपालिका–५ पिपलटारस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले २५

सरकार सञ्चालनमा कुनै समस्या छैन : सभापति देउवा

सुदूरपश्चिम– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सञ्चालनमा

मुस्ताङको शीतोष्ण फलफूल बगैँचामा ढिलो फूल फुल्दा…

मुस्ताङ– मुस्ताङमा शीतोष्ण फलफूल बगैँचाका बोटमा झपक्कै फूल फुलेका छन्

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ

पदाधिकारी र कार्यकारिणी सदस्य थप्दै जसपा नेपाल

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय पदाधिकारी र कार्यकारिणी