संसद्को कार्यकाल सकिनै लाग्दा सुदूरपश्चिममा पहिलो दल बन्दै माओवादी « Khabarhub

संसद्को कार्यकाल सकिनै लाग्दा सुदूरपश्चिममा पहिलो दल बन्दै माओवादी


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्र पहिलो पटक ठूलो दल बन्ने भएको छ । हाल प्रदेश सभामा ठूलो दल रहेको एकीकृत समाजवादीका दुई प्रदेश सभा सदस्य (तारा लामा तामाङ र कुलवीर चौधरी) एमाले प्रवेश गरेसँगै उनीहरू निलम्बनमा पर्ने छन् । १४ प्रदेश सभा सदस्यसहित ठूलो पार्टी बनेको नेकपा एसका दुई सदस्य निलम्बनमा परेमा अब उसँग १२ प्रदेश सभा सदस्य मात्रै हुने छन् ।

नेकपा एसका प्रदेश सभा सदस्यको संख्या १२ मात्रै रहेपछि १३ प्रदेश सभा सदस्य रहेको माओवादी प्रदेशको ठूलो दल बन्ने भएको छ । २०७४ मा सम्पन्न प्रदेश निर्वाचनमा १४ सांसद जितेको माओवादीबाट एक जना (झपट बोहरा) एमालेमा गएसँगै उसँग १३ जना मात्रै थिए ।

२०७४ को निर्वाचनपछि २४ प्रदेश सभा सदस्यसहित ठूलो दल बनेको एमाले विभाजित भएपछि १४ प्रदेश सभा सदस्यसहित नेकपा एस प्रदेश सभाको ठूलो दल बनेको थियो । तर प्रदेश सभाको कार्यकाल सकिनै लाग्दा नेकपा एसका दुई प्रदेश सभा सदस्य तारा लामा तामाङ र कुलवीर चौधरी एमालैमै फर्केका छन् । नेकपा एस दोस्राे ठूलाे दल बन्ने छ । ११ प्रदेश सभा सदस्य रहेको नेपाली कांग्रेस तेस्राे र १० प्रदेश सभा सदस्य रहेको एमाले चौथो दल बनेका छन् । एक-एकजना प्रदेश सभा सदस्यको जसपा र लोसपा चौथो दल बन्ने छन् ।

५३ प्रदेश सदस्य रहेको प्रदेश सभामा थप दुई जना निलम्बन हुँदा ४७ सदस्य रहने छन् । ५३ मध्ये एक जना सभामुख र एक जना उपसभामुख छन् ।

हाल नेपाली कांग्रेसबाट डडेल्धुराका कर्ण मल्ल, माओवादीबाट अछामका झपट बोहरा निलम्बनमा परेका छन् ।
नेकपा एसबाट एमालेमा गएका प्रदेश सभा सदस्य तारा लामा तामाङ र कुलवीर चौधरीलाई नेकपा एसको संसदीय दलले कारबाहीका लागि संसद् सचिवालयमा पत्र पठाउनुपर्ने छ । संसदीय दलले कारबाहीका लागि पठाएको पत्रका आधारमा सभामुखले सूचना टाँसेर वा प्रदेश सभामा जानकारी गराएर संसद् नरहेको जानकारी गराउनुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ४ : ५३ बजे

मिटरब्याजसम्बन्धी आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौं–  सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विगतका विभिन्न आयोगहरूको प्रतिवेदन

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई बचत फिर्ता सुरु

काठमाडौं– बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच वटा

रास्वपा सांसद न्यौपानेको प्रश्न- ३५ वर्षको समस्या ३५ दिनमै कसरी हल हुन्छ ?

विगतमा उत्तरदायी र पारदर्शी राजनीति हुनुपर्छ भनेर सडकबाट आवाज उठाउने

स्वास्थ्य अवस्था गम्भीर बनेपछि पूर्वराष्ट्रपति टोलेडोले मागे मानवीय माफी

लिमा- भ्रष्टाचारसम्बन्धी मुद्दामा २० वर्षको जेल सजाय भोगिरहेका पेरुका पूर्वराष्ट्रपति अलेजान्ड्रो

मिडियामा गाडी पार्किङबारे रविले भने- रास्वपाकै कार्यकर्ता भए पनि कारबाही हुनुपर्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारगृहबाहिर पार्किङ गरिएका