मानवीय क्षति अन्त्य गर्न वन्यजन्तु नियन्त्रणको उपाय खोज्छौँ : मन्त्री यादव « Khabarhub

मानवीय क्षति अन्त्य गर्न वन्यजन्तु नियन्त्रणको उपाय खोज्छौँ : मन्त्री यादव


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वन तथा वातावरण मन्त्री प्रदीप यादवले मानवीय क्षति न्यूनीकरण गर्नका लागि वन्यजन्तु नियन्त्रणको उपाय खोजिने बताएका छन्।

बर्दिया, शुक्लाफाँटा, चितवन, बारा, पर्सा, झापालगायतका क्षेत्रमा रहेका जङ्गली हात्ती, बाघ, चितुवा, भालुलगायतका वन्यजन्तुले बर्सेनि त्यहाँका नागरिकको ज्यान लिने, बालीनाली नोक्सान गर्ने तथा विभिन्न दुःख दिँदै आएको गुनासा बढेपछि मानवीय क्षति अन्त्य गर्नका लागि मन्त्री यादवले वन्यजन्तु नियन्त्रणको उपाय खोजिने बताएका हुन्।

यही भदौ १३ गते शुक्लाफाँटा नगरपालिका–७ मा १८ वर्षीया मीना जोशीको हात्तीको आक्रमणबाट ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै मन्त्री यादवले अब जङ्गली हात्तीसहितका जनावरको नियन्त्रण तथा क्षति रोक्नका लागि ठोस उपाय खोजिने बताए। उनले भने, “हात्तीलगायतका विभिन्न वन्यजन्तुले बालीनाली नोक्सानसहित मानिसको ज्यानै लिने क्रम बर्सेनि बढ्दै गएको छ, अब नियन्त्रणका लागि ठोस उपाय खोज्छौँ ।” जङ्गली जनावरसहित हात्तीले वर्षैपिच्छे मानवीय क्षति निम्त्याउन थालेपछि नियन्त्रणका लागि उपाय खोज्न मन्त्री यादवले मातहतका निकायलाई निर्देशनसमेत दिएका छन्।

यसैगरी मन्त्री यादवले वन्यजन्तु नियन्त्रणका लागि विद्युतीय तारबारहरुलाई सबै राष्ट्रिय निकुञ्जहरुलगायतका क्षेत्रमा पहिलो प्राथमिकता दिनसमेत निर्देशन दिएका छन्। सरकारले हात्तीको आक्रमणबाट ज्यान गुमाउने व्यक्तिका परिवारलाई राहत स्वरुप रु १० लाख दिने नीतिगत व्यवस्था गरेको छ । यस्तै घाइते हुने, बाली र घर गोठमा क्षति पुगेका परिवारलाई पनि रु १० देखि रु ३० हजारसम्म क्षतिपूर्तिको व्यवस्था गरिएको छ  ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ६ : ५७ बजे

अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता

काठमाडौँ– एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ

पहिरोबाट उद्धार गरिएका भन्छन्– ‘नयाँ जीवन पायौँ’

म्याग्दी– पहिरोमा फसिएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङका ५७ वर्षीय प्रेमबहादुर

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो, पूर्वसावधानीले मानवीय क्षति टर्यो

काठमाडाैँ – ललितपुर महानगरपालिका–२४ स्थित धापाखेलमा लगातारको अविरल वर्षाका कारण

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म