मानवीय क्षति अन्त्य गर्न वन्यजन्तु नियन्त्रणको उपाय खोज्छौँ : मन्त्री यादव « Khabarhub

मानवीय क्षति अन्त्य गर्न वन्यजन्तु नियन्त्रणको उपाय खोज्छौँ : मन्त्री यादव


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वन तथा वातावरण मन्त्री प्रदीप यादवले मानवीय क्षति न्यूनीकरण गर्नका लागि वन्यजन्तु नियन्त्रणको उपाय खोजिने बताएका छन्।

बर्दिया, शुक्लाफाँटा, चितवन, बारा, पर्सा, झापालगायतका क्षेत्रमा रहेका जङ्गली हात्ती, बाघ, चितुवा, भालुलगायतका वन्यजन्तुले बर्सेनि त्यहाँका नागरिकको ज्यान लिने, बालीनाली नोक्सान गर्ने तथा विभिन्न दुःख दिँदै आएको गुनासा बढेपछि मानवीय क्षति अन्त्य गर्नका लागि मन्त्री यादवले वन्यजन्तु नियन्त्रणको उपाय खोजिने बताएका हुन्।

यही भदौ १३ गते शुक्लाफाँटा नगरपालिका–७ मा १८ वर्षीया मीना जोशीको हात्तीको आक्रमणबाट ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै मन्त्री यादवले अब जङ्गली हात्तीसहितका जनावरको नियन्त्रण तथा क्षति रोक्नका लागि ठोस उपाय खोजिने बताए। उनले भने, “हात्तीलगायतका विभिन्न वन्यजन्तुले बालीनाली नोक्सानसहित मानिसको ज्यानै लिने क्रम बर्सेनि बढ्दै गएको छ, अब नियन्त्रणका लागि ठोस उपाय खोज्छौँ ।” जङ्गली जनावरसहित हात्तीले वर्षैपिच्छे मानवीय क्षति निम्त्याउन थालेपछि नियन्त्रणका लागि उपाय खोज्न मन्त्री यादवले मातहतका निकायलाई निर्देशनसमेत दिएका छन्।

यसैगरी मन्त्री यादवले वन्यजन्तु नियन्त्रणका लागि विद्युतीय तारबारहरुलाई सबै राष्ट्रिय निकुञ्जहरुलगायतका क्षेत्रमा पहिलो प्राथमिकता दिनसमेत निर्देशन दिएका छन्। सरकारले हात्तीको आक्रमणबाट ज्यान गुमाउने व्यक्तिका परिवारलाई राहत स्वरुप रु १० लाख दिने नीतिगत व्यवस्था गरेको छ । यस्तै घाइते हुने, बाली र घर गोठमा क्षति पुगेका परिवारलाई पनि रु १० देखि रु ३० हजारसम्म क्षतिपूर्तिको व्यवस्था गरिएको छ  ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ६ : ५७ बजे

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको