मौलिक खानामा अलैँचीको प्रयोगलाई प्रोत्साहन गर्न ‘वाह अलैँची’ अभियान « Khabarhub

मौलिक खानामा अलैँचीको प्रयोगलाई प्रोत्साहन गर्न ‘वाह अलैँची’ अभियान


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली मौलिक खानामा अलैँचीको प्रयोगलाई प्रोत्साहन गर्न ‘वाह अलैँची’ अभियान आयोजना गरिएको छ । नेपालमा उत्पादन हुने अलैँचीमध्ये ९० प्रतिशतभन्दा बढी अलैँची विदेशमा निर्यात हुँदै गएपछि स्वदेशमा समेत अलैँचीको प्रयोग गर्न उक्त अभियान आयोजना गरिएको हो ।

नेपाल अलैँची व्यवसायी महासङ्घ, सेफ्स एसोसिएसन अफ नेपाल र ग्लोबल नेप्लिज सेफ्स फेडेरेशनको आयोजनामा आज २० भन्दा बढी नेपाली खानामा अलैँचीको प्रयोग गरिएको छ । मासुका विभिन्न परिकार, विभिन्न अचार र खीरलगायतमा अलैँचीको प्रयोग गरिएको हो ।

नेपालमा उत्पादित अलैँचीलाई नेपालमा नै प्रयोग बढाउनका लागि उक्त अभियान आयोजना गरिएको सेफ्स एसोसियसन अफ नेपालका अध्यक्ष श्याम लामाले जानकारी दिए ।

नेपालका सामान्य होटलदेखि पाँचतारे होटलसम्म यसको प्रयोग बढाउनुपर्ने उनको भनाइ थियो । विदेशबाट आयात हुने सुकुमेलभन्दा स्वदेशमा उत्पादन हुने अलैँची प्रयोगलाई जोड दिनुपर्ने अध्यक्ष लामाले बताए ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का पाक प्रशिक्षक मोहन गजुरेलले सीटीईभीटीले नेपाली खानाको पाठ्यक्रम नै तयार गरेर अगाडि बढाएको बताए । होमस्टे व्यवस्थापनको पाठ्यक्रमसमेत सीटीईभीटीले निर्माण गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ८ : ३० बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६