मौलिक खानामा अलैँचीको प्रयोगलाई प्रोत्साहन गर्न ‘वाह अलैँची’ अभियान « Khabarhub

मौलिक खानामा अलैँचीको प्रयोगलाई प्रोत्साहन गर्न ‘वाह अलैँची’ अभियान


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली मौलिक खानामा अलैँचीको प्रयोगलाई प्रोत्साहन गर्न ‘वाह अलैँची’ अभियान आयोजना गरिएको छ । नेपालमा उत्पादन हुने अलैँचीमध्ये ९० प्रतिशतभन्दा बढी अलैँची विदेशमा निर्यात हुँदै गएपछि स्वदेशमा समेत अलैँचीको प्रयोग गर्न उक्त अभियान आयोजना गरिएको हो ।

नेपाल अलैँची व्यवसायी महासङ्घ, सेफ्स एसोसिएसन अफ नेपाल र ग्लोबल नेप्लिज सेफ्स फेडेरेशनको आयोजनामा आज २० भन्दा बढी नेपाली खानामा अलैँचीको प्रयोग गरिएको छ । मासुका विभिन्न परिकार, विभिन्न अचार र खीरलगायतमा अलैँचीको प्रयोग गरिएको हो ।

नेपालमा उत्पादित अलैँचीलाई नेपालमा नै प्रयोग बढाउनका लागि उक्त अभियान आयोजना गरिएको सेफ्स एसोसियसन अफ नेपालका अध्यक्ष श्याम लामाले जानकारी दिए ।

नेपालका सामान्य होटलदेखि पाँचतारे होटलसम्म यसको प्रयोग बढाउनुपर्ने उनको भनाइ थियो । विदेशबाट आयात हुने सुकुमेलभन्दा स्वदेशमा उत्पादन हुने अलैँची प्रयोगलाई जोड दिनुपर्ने अध्यक्ष लामाले बताए ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का पाक प्रशिक्षक मोहन गजुरेलले सीटीईभीटीले नेपाली खानाको पाठ्यक्रम नै तयार गरेर अगाडि बढाएको बताए । होमस्टे व्यवस्थापनको पाठ्यक्रमसमेत सीटीईभीटीले निर्माण गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ८ : ३० बजे

उम्मेदवारको भाइरल मोह– सचेत मतदाताले रुचाउलान् त चटक ?

काठमाडौं— चुनावमा मतदातालाई प्रभावित पार्न गोठमा पुगेर गाई दुहुने, भकारो

हसिनाको निष्कासनपछि बङ्गलादेश चुनावी प्रचारमा प्रवेश

ढाका– लामो समयसम्म प्रधानमन्त्री रहेकी शेख हसिनालाई अपदस्थ गरेको सन्

सर्लाहीमा सात किलो गाँजासहित दुईजना पक्राउ

बरहथवा– अवैध लागूऔषध गाँजासहित सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ

प्रतिनिधिसभा निर्वाचन : काभ्रेमा तीन लाख २६ हजार ६११ मतदाता

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम छन् ।

चिसो मौसममा बालबालिकाको स्याहार कसरी गर्ने ?

अहिले हामी माघको मध्यमा छौं । सामान्यतया मङ्सिरदेखि नै चिसो