माओवादी, नेकपा एस र राप्रपाको चुनावी घोषणापत्र आज सार्वजनिक हुने « Khabarhub

माओवादी, नेकपा एस र राप्रपाको चुनावी घोषणापत्र आज सार्वजनिक हुने


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संसदीय निर्वाचन नजिकिँदै जाँदा दलहरूले चुनावी प्रचारप्रसार तीव्र बनाएका छन् । आज तीन राजनीतिक दलले चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएका छन् ।

माओवादीले केन्द्रले केन्द्रीय कार्यालय पेरिस डाँडामा दिउँसो ३ बजे, एकीकृत समाजवादीले पार्टी केन्द्रीय कार्यालय मीनभवनमा दिउँसो १ बजे र राप्रपाले बिहान साढे ११ बजे बानेश्वर बैंक्वटमा घोषणापत्र सार्वजनिक गर्दैछन्।

माओवादी पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायले घोषणापत्रमा शासकीय स्वरूप परिवर्तनको विषय मुख्य रूपमा उठान गरिएको बताए ।

एकीकृत समाजवादीले ‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार, आर्थिक सामाजिक रूपान्तरण समृद्धि समाजवादको आधार’ मूल नारा तय गरेको छ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार जनताबाट प्रत्यक्ष रूपमा निर्वाचित प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद् र सांसद मन्त्री हुन नपाउने व्यवस्था, भ्रष्टाचार रोक्ने र सम्पत्ति छानबिन गर्न नागरिक आयोग गठन गर्नेजस्ता विषय घोषणापत्रको प्राथमिकतामा छन्।

नेपाली कांग्रेसले शनिबार घोषणापत्र सार्वजनिक गरेको थियो भने एमाले मंगलबार सार्वजनिक गर्ने भएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ८ : ३२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको