कंगो भागदौडमा मृत्यु हुनेको संख्या ११ पुग्यो « Khabarhub

कंगो भागदौडमा मृत्यु हुनेको संख्या ११ पुग्यो


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

किन्सासा – प्रजातान्त्रिक गणतन्त्र कंगोको राजधानी सहर किन्सासाको एउटा रंगशालामा भएको भागदौडमा मृत्यु हुनेको संख्या ११ पुगेको छ।

८० हजार दर्शक क्षमता भएको शहिद रंगशालामा भागदौड हुँदा २ प्रहरी अधिकारीसहित ११ जनाको मृत्यु भएको गृहमन्त्री डेनियल एस्लो ओकिटोले बताएका छन् । ‘दुई प्रहरीसहित ११ जनाको मृत्यु भएको छ’, गृहमन्त्री ओकिटोले भने । क्षमताभन्दा बढी दर्शकका कारण उक्त दुर्घटना भएको जनाइएको छ ।

‘आयोजकहरूले क्षमताभन्दा शतप्रतिशत दर्शक राखेको पाइएको छ ।  उनीहरुलाई सजाय दिनुपर्छ’, ओकिटोले भनेका छन् । अक्टोबरमा रंगशालामा भागदौड भएको यो दोस्रो घटना हो ।

यसै महिनाको सुरुमा इन्डोनेसियाको जाभा प्रान्तमा भागदौड हुँदा १२५ जनाको मृत्यु हुनुका साथै केही घाइते भएका थिए भने हालै दक्षिण कोरियामा भएको भागदौडमा १५० भन्दा बढी मानिसको मृत्यु भएको थियो।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ९ : ३४ बजे

दाङमा विषादी बिक्री वितरण, भण्डारण वा जथाभाबी व्यवसाय गर्न निषेध

दाङ–  विषादी बिक्री वितरण, भण्डारण वा जथाभाबी व्यवसाय गर्न निषेध गरिएको

सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

काठमाडौं– सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा

चक्कु प्रहारबाट रौतहटमा एकको मृत्यु

रौतहट– रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गासम्बन्धी विवादमा भएको चक्कु प्रहारबाट वुटन

राजेन्द्र राईको अभिव्यक्तिले अवरुद्ध संसद् सुचारु

काठमाडौं– प्रतिनिधिसभाको केहीबेरका लागि स्थगित भएको बैठक सुरु भएको छ । 

हर्मुज आक्रमणले फेरि चर्कियो मध्यपूर्व तनाव

एजेन्सी– स्ट्रेट अफ हर्मुजमा तीनवटा व्यापारिक जहाजमाथि भएको आक्रमणपछि संयुक्त