पिएम कप : लगातार दोस्रो जितको दाउमा पुलिस « Khabarhub

पिएम कप : लगातार दोस्रो जितको दाउमा पुलिस


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज (सोमबार) दुई खेलहरु हुँदैछन्।

कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा हुने खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। दुबै टोलीको प्रतियोगितामा पहिलो खेल हो।

मुलपानी क्रिकेट मैदानमा विभागीय टोली नेपाल पुलिस क्लब र प्रदेश एकबीच प्रतिस्पर्धा हुनेछ। पुलिस प्रतियोगितामा लगातार दोस्रो जितको खोजीमा हुनेछ। पहलो खेलमा पुलिसले बागमती प्रदेशलाई १ सय ९२ रनले पराजित गरेको थियो। दुबै खेल बिहान सवा ९ बजे सुरु हुनेछ।

समूह ए मा नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश छन्। समूह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, प्रदेश १ रहेका छन्। दश टोली सहभागी प्रतियोगिताको विजेताले १० लाख प्राप्त गर्नेछन्।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ९ : ४९ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६