राष्ट्र बैंकले साढे १६ अर्बको ट्रेजरी बिल जारी गर्ने « Khabarhub

राष्ट्र बैंकले साढे १६ अर्बको ट्रेजरी बिल जारी गर्ने


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल राष्ट्र बैंकले १६ अर्ब ६६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। राष्ट्र बैंकले ९१ दिन, १८२ दिन र एक वर्षका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो।

मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि दिउँसो ३ बजे बोलकबोल हुनेछ। केन्द्रीय बैंकले ९१ दिनका लागि पाँच अर्ब १० करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो। यो ट्रेजरी १७ माघमा परिपक्व हुनेछ।

त्यस्तै, १८२ दिनको लागि पाँच अर्ब १० करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो। यो ट्रेजरी २०८० वैशाख १९ गते परिपक्व हुनेछ। एक वर्षका लागि एक अर्ब ५६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो। यो ट्रेजरी २०८० कात्तिक १४ गते परिपक्व हुनेछ।

ट्रेजरी बिल एक वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ। भुक्तानी मितिअगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ। व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन्। बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ११ : १८ बजे

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री