लुला डा सिल्भा ब्राजिलको नयाँ राष्ट्रपति चुनिए « Khabarhub

लुला डा सिल्भा ब्राजिलको नयाँ राष्ट्रपति चुनिए


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वराष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा ब्राजिलको नयाँ राष्ट्रपति चुनिएका छन् । ब्राजिलमा आइतबार भएको राष्ट्रपतीय निर्वाचन अन्तर्गत दोस्रो चरणको मतदानको परिणा सार्वजनिक भएसँगै लुला नयाँ राष्ट्रपति चुनिएका हुन् ।

उनले वर्तमान दक्षिणपन्थी राष्ट्रपति जइर बोल्सोनारोलाई झिनो मतको अन्तरले पराजित गरेका हुन् । चुनावमा लुलाले ५०.९ प्रतिशत मत प्राप्त गरेका छन् । ब्राजिलको सर्वोच्च निर्वाचन अदालतले लुलाले विजयी हासिल गरेको घोषणा गरेपनि बोल्सोनारोले आफ्नो हार अझैसम्म स्वीकार नगरिसकेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

बोल्सोनारोले निर्वाचनको नतिजाबारे सोमबारमात्रै टिप्पणी गर्ने उनको निर्वाचन अभियानको स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

निर्वाचनमा विजयी भएसँगै लुलाले साओ पाउलो सहरको पाउलिस्ता एभमा दशौँ हजार समर्थकहरुलाई सम्बोधन गर्दै बोल्सोनारोले आफूसँग सम्पर्क नगरेको बताएका थिए ।

यसअघि सन् २००३ देखि सन् २०१० सम्म राष्ट्रपतिको जिम्मेवारी सम्हालेका ७७ वर्षे लुलाले आगामी जनवरी १ बाट पद सम्हाल्नेछन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले लुलालाई बधाई दिएका छन् । उनले ब्राजिलमा भएको ‘स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन’ मा विजयी हासिल गरेको भन्दै लुलालाई बधाई दिएका हुन् । यसबाहेक अन्य युरोपेली एवम् ल्याटिन अमेरिकी मुलुकका नेताहरुले पनि लुलालाई बधाई दिएका छन् ।

वामपन्थी धारका लुलाको विजयले ल्याटिन अमेरिकी मुलुकको राजनीतिमा आएको ‘गुलाबी लहर’ अर्थात् वामपन्थी लहरको पछिल्लो समय कडीको रुपमा व्याख्या गरिएको छ । यसअघि हालैमात्र पेरु, कोलम्बिया लगायतका ल्याटिन अमेरिकी मुलुकमा पनि वामपन्थी नेताहरु राष्ट्रपतिमा निर्वाचन भएका थिए ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  १ : ४७ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको