उचित मूल्य नपाउँदा दूधको उत्पादन घटाउँदै बागलुङका किसान « Khabarhub

उचित मूल्य नपाउँदा दूधको उत्पादन घटाउँदै बागलुङका किसान


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलेता गोठमा उन्नत जातका दश वटा गाई छन् । बिहान बेलुका दानापानी र दिउँसोको समयमा पर्याप्त घाँस दिन सके माउ गाईले दिनमा दुई पटकको दरले चारदेखि छ लिटर दूध दिन्छन् ।

सहकारीमार्फत दूध बिक्री हुने भएकाले बजारको समस्या त किसानलाई छैन तर मूल्य वृद्धिको मारले थिचेको छ । दुई वर्ष पहिले ४० लिटरसम्म दूध बेचेका बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराका विकास पौडेललाई आजभोलि गाईलाई दानापानी दिनै मन लाग्दैन । दानापानीको भरमा घटबढ हुने दूध धेरै उत्पादन गर्दा पनि मूल्य उठ्दैन ।

बजार मूल्य र किसानले पाउने दूधको मूल्यमा आधाभन्दा फरक छ । विकासले सरदरमा एक लिटर दूधको ५३ देखि ५५ रुपैयाँ पाउँछन्। तर त्यही दूध बजारमा एक सय २० रुपैयाँमा बिक्री हुन्छ ।

दुई वर्ष पहिले दूधको मूल्य ५० रुपैयाँसम्म पर्थ्यो र पनि किसानको दुःख उठ्थ्यो । अहिले बजारमा महँगिएको दाना चोकरको मूल्य जस्तै दूधको मूल्य नबढेका कारण किसान पशुपालनमा निरुत्साहित हुन थालेका हुन् ।

यो समस्या विकासको मात्रै होइन, कुश्मीशेराका अन्य किसानको पनि समस्या हो । जसको असर दुई वर्ष पहिले दैनिक चार सय लिटर दूध उत्पादन गर्ने जैमिनी दुग्ध उत्पादक सहकारी संस्थामा परेको छ ।

अहिले सहकारीले दिनमा दुई सय ५० लिटर दूध मात्रै उत्पादन हुन्छ । ‘‘बिक्री भएको दूधको पैसासमेत समयमा नआउने समस्या छ, दाना चोकर समयमा पुर्‍याउनै कठिन हुने’’, पौडेलले भने ‘‘व्यावसायिक गाई पालेर पनि आम्दानी गर्न सकिन्छ तर महँगी र दूधको मूल्य वृद्धि समान हिसाबले हुनुपर्छ ।’’

वैदेशिक रोजगारीबाट फर्किएर उत्साहका साथ गाईपालनमा सहभागी भएका विकाससँगै सोही गाउँका गुरुप्रसाद, बाबुराम शर्मालगायतका युवाले पछिल्लो समय व्यावसायिक रूपमा पालिएका गाईको सङ्ख्या घटाउने र अन्य व्यवसायको खोजी गर्न थालेका छन् । ‘‘बिहान तीन लिटर दिएको गाईले बेलुका पनि त्यति नै दिन्छ, दाना चोकर प्रशस्त दिए त्यही गाईको दूध पाँच लिटर आउँथ्यो’’, पौडेलले भने ‘ ‘दुई वर्ष पहिले एक हजार छ सय पर्ने दानाको बोरा अहिले दुई हजार दुई सय भएको छ ।’’ महँगीको मार थेग्न नसकेका कारण आफूहरूले उत्पादन घटाउनु परेको उनीहरूको भनाइ छ ।

किसानले तीन वर्षको अन्तरमा बढेको दूधको मूल्यबाट आशा राखेका थिए तर दूधको मूल्य नबढ्दै दाना र चोकरको मूल्य बढेकाले किसानको आशा निराशामा परिणत भएको छ ।

‘‘दूधको मूल्य बढाउने विषयमा अन्य उपायको पनि खोजी गर्नुपर्छ भन्ने लागेको छ’’, कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्था बागलुङ नगरपालिका, १२ का सचिव रुद्रनाथ शर्माले भने, ‘उपभोक्ता र उत्पादक किसानबीचको अन्तर घटाउँदा दूधको मूल्य किसानले पाउँछन् ।’’ बिचौलिया र ढुवानीका खर्चका कारणले पनि किसानले दूधको उचित मूल्य पाउँदैनन् ।

बगलुङको दक्षिण क्षेत्रमा उत्पादन भएको अधिकांश दूध जिल्ला बाहिर निर्यात हुने गरेको छ । छिमेकी जिल्ला पर्वतको सदरमुकाम कुश्मा बजार र पोखरा बजारमा यहाँको दूध बिक्री हुन्छ ।

टाढा टाढा ढुवानी गरेर दूध पुर्‍याउँदा खर्च बढ्ने गरेको छ । हिउँदको समयमा भन्दा किसानले वर्षाको समयमा मूल्यमा थप मार व्यहोर्ने गरेका छन् ।

भेटेरीनरी अस्पताल तथा पशु विज्ञ सेवा केन्द्र बागलुङका अनुसार बागलुङ दूधमा आत्मनिर्भर जिल्ला हो । तर पछिल्लो समय बढ्दो बसाइसराइ, व्यावसायिक किसानमा आएको वितृष्णा, बजार मूल्यमा हुने घटबढ र पशुधनमा हुने क्षतिका कारण उत्पादन घट्ने चिन्ता बढ्न थालेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  २ : ०६ बजे

धरपकडको त्रासबीच नयाँ नेतृत्व चयन गर्दै निजी क्षेत्र

काठमाडौं– सोमबारबाट सुरू भएको नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभामा मंगलबार

पर्यटन मन्त्रालय अन्तर्गत विभिन्न निकायका ३० भन्दा बढी पदाधिकारी भए पदमुक्त

काठमाडौं– सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेका

माग पूरा नभए देशभर निर्माण ठप्प पार्ने महासंघको चेतावनी

काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना माग पुरा नभए देशभरि

एघार दिनपछि दमौली बजारको फोहर उठ्यो

दमौली– एघार दिनपछि तनहुँको सदरमुकामस्थित दमौली बजारको फोहर उठेको छ ।

निर्माण उद्योग सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

काठमाडौं– नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण उद्योगको इतिहासमै हाल निर्माण