उचित मूल्य नपाउँदा दूधको उत्पादन घटाउँदै बागलुङका किसान | Khabarhub Khabarhub

उचित मूल्य नपाउँदा दूधको उत्पादन घटाउँदै बागलुङका किसान


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलेता गोठमा उन्नत जातका दश वटा गाई छन् । बिहान बेलुका दानापानी र दिउँसोको समयमा पर्याप्त घाँस दिन सके माउ गाईले दिनमा दुई पटकको दरले चारदेखि छ लिटर दूध दिन्छन् ।

सहकारीमार्फत दूध बिक्री हुने भएकाले बजारको समस्या त किसानलाई छैन तर मूल्य वृद्धिको मारले थिचेको छ । दुई वर्ष पहिले ४० लिटरसम्म दूध बेचेका बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराका विकास पौडेललाई आजभोलि गाईलाई दानापानी दिनै मन लाग्दैन । दानापानीको भरमा घटबढ हुने दूध धेरै उत्पादन गर्दा पनि मूल्य उठ्दैन ।

बजार मूल्य र किसानले पाउने दूधको मूल्यमा आधाभन्दा फरक छ । विकासले सरदरमा एक लिटर दूधको ५३ देखि ५५ रुपैयाँ पाउँछन्। तर त्यही दूध बजारमा एक सय २० रुपैयाँमा बिक्री हुन्छ ।

दुई वर्ष पहिले दूधको मूल्य ५० रुपैयाँसम्म पर्थ्यो र पनि किसानको दुःख उठ्थ्यो । अहिले बजारमा महँगिएको दाना चोकरको मूल्य जस्तै दूधको मूल्य नबढेका कारण किसान पशुपालनमा निरुत्साहित हुन थालेका हुन् ।

यो समस्या विकासको मात्रै होइन, कुश्मीशेराका अन्य किसानको पनि समस्या हो । जसको असर दुई वर्ष पहिले दैनिक चार सय लिटर दूध उत्पादन गर्ने जैमिनी दुग्ध उत्पादक सहकारी संस्थामा परेको छ ।

अहिले सहकारीले दिनमा दुई सय ५० लिटर दूध मात्रै उत्पादन हुन्छ । ‘‘बिक्री भएको दूधको पैसासमेत समयमा नआउने समस्या छ, दाना चोकर समयमा पुर्‍याउनै कठिन हुने’’, पौडेलले भने ‘‘व्यावसायिक गाई पालेर पनि आम्दानी गर्न सकिन्छ तर महँगी र दूधको मूल्य वृद्धि समान हिसाबले हुनुपर्छ ।’’

वैदेशिक रोजगारीबाट फर्किएर उत्साहका साथ गाईपालनमा सहभागी भएका विकाससँगै सोही गाउँका गुरुप्रसाद, बाबुराम शर्मालगायतका युवाले पछिल्लो समय व्यावसायिक रूपमा पालिएका गाईको सङ्ख्या घटाउने र अन्य व्यवसायको खोजी गर्न थालेका छन् । ‘‘बिहान तीन लिटर दिएको गाईले बेलुका पनि त्यति नै दिन्छ, दाना चोकर प्रशस्त दिए त्यही गाईको दूध पाँच लिटर आउँथ्यो’’, पौडेलले भने ‘ ‘दुई वर्ष पहिले एक हजार छ सय पर्ने दानाको बोरा अहिले दुई हजार दुई सय भएको छ ।’’ महँगीको मार थेग्न नसकेका कारण आफूहरूले उत्पादन घटाउनु परेको उनीहरूको भनाइ छ ।

किसानले तीन वर्षको अन्तरमा बढेको दूधको मूल्यबाट आशा राखेका थिए तर दूधको मूल्य नबढ्दै दाना र चोकरको मूल्य बढेकाले किसानको आशा निराशामा परिणत भएको छ ।

‘‘दूधको मूल्य बढाउने विषयमा अन्य उपायको पनि खोजी गर्नुपर्छ भन्ने लागेको छ’’, कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्था बागलुङ नगरपालिका, १२ का सचिव रुद्रनाथ शर्माले भने, ‘उपभोक्ता र उत्पादक किसानबीचको अन्तर घटाउँदा दूधको मूल्य किसानले पाउँछन् ।’’ बिचौलिया र ढुवानीका खर्चका कारणले पनि किसानले दूधको उचित मूल्य पाउँदैनन् ।

बगलुङको दक्षिण क्षेत्रमा उत्पादन भएको अधिकांश दूध जिल्ला बाहिर निर्यात हुने गरेको छ । छिमेकी जिल्ला पर्वतको सदरमुकाम कुश्मा बजार र पोखरा बजारमा यहाँको दूध बिक्री हुन्छ ।

टाढा टाढा ढुवानी गरेर दूध पुर्‍याउँदा खर्च बढ्ने गरेको छ । हिउँदको समयमा भन्दा किसानले वर्षाको समयमा मूल्यमा थप मार व्यहोर्ने गरेका छन् ।

भेटेरीनरी अस्पताल तथा पशु विज्ञ सेवा केन्द्र बागलुङका अनुसार बागलुङ दूधमा आत्मनिर्भर जिल्ला हो । तर पछिल्लो समय बढ्दो बसाइसराइ, व्यावसायिक किसानमा आएको वितृष्णा, बजार मूल्यमा हुने घटबढ र पशुधनमा हुने क्षतिका कारण उत्पादन घट्ने चिन्ता बढ्न थालेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  २ : ०६ बजे

रसुवाको बाढीमा १२ नेपाली र ६ चिनियाँ बेपत्ता, ९ जनाको उद्धार

रसुवा– रसुवामा आएको बाढीमा परी १२ नेपाली र ६ चिनिया

भोटेकोशी बाढी : राहत र उद्धारमा सक्रिय बन्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

काठमाडौं – पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल

बाढीले २ सय मेगावाट बिजुली रोकियो, रसुवागढी र त्रिशूली थ्री ‘ए’ तत्काल सञ्चालनमा नआउने 

रसुवा– चीनतर्फबाट केरुङ र लेन्देखोलामा आएको भीषण बाढीका कारण रसुवास्थित

भोटेकोशीको बाढीको असर : कहाँ-कहाँ हुन्छ जोखिम ?

काठमाडौं – चीनको तिब्बत क्षेत्रमा भारी वर्षापछि भोटेकोशी नदीमा ठुलो

रसुवा बाढी अपडेट : हाइड्रोपावरमा क्षति, सडकहरू अवरुद्ध, सवारी साधन बगे 

काठमाडौं– नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले