नेकपा एसको घोषणापत्र : ‘घरघरमा बिजुली–जनजनमा सेयर’ नीति लागू गरिने « Khabarhub

नेकपा एसको घोषणापत्र : ‘घरघरमा बिजुली–जनजनमा सेयर’ नीति लागू गरिने


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले आज सार्वजनिक घोषणापत्रमा ‘घरघरमा बिजुली–जनजनमा सेयर’ नीति लागू गर्ने घोषणा गरेको छ ।

साथै तीनै तहको सरकारको सहकार्यमा हरेक घर–परिवारलाई मासिकरूपमा २०० युनिटसम्म विद्युत् महसुलमा छुट दिने तथा गरिबीको रेखामुनि रहेका परिवारलाई विद्युत् लाइन जडान र विजुली उपभोगमा सहुलियत दिन पहल गर्ने पनि सो पार्टीले घोषणापत्रमा समेटेको छ ।

यसबारे ‘ऊर्जा उत्पादनमा वृद्धि : राष्ट्रको आर्थिक समृद्धि’ भन्ने शीर्षकमा उल्लेख गरिएको छ :

घरघरमा बिजुली–जनजनमा सेयर’ नीति लागु गर्दै आकर्षक प्रतिफल दिने जलविद्युत् परियोजनामा जनता र सरकारको संयुक्त लगानी प्रवद्र्धन गर्ने गरिव्यवस्था मिलाइने छ । यस्ता परियोजनामा लगानी गर्न स्वदेश र प्रवासमा रहेकानेपाली नागरिक तथा गैरआवासीय नेपालीहरूलाई प्रोत्साहित गर्ने र निरपेक्ष गरिबीको रेखामुनि रहेका व्यक्तिहरूलाई पनि सेयर उपलब्ध गराउन विशेष वित्तीय व्यवस्था गर्न पहल गरिने छ । नेपालको पूर्ण क्षमता अनुसारको जलविद्युत् उत्पादन गर्न र उत्पादित विद्युत्को उपयोग तथा व्यपारका लागि सरकारी, सहकारी,  निजी क्षेत्रलाई संलग्न गराइने छ । स्वदेशी लगानीमा निर्माण गर्न समय लाग्ने परियोजनाहरू राष्ट्रियहित अनुकुलहुने गरी अन्तर्राष्ट्रिय समुदायलाई निर्माणको जिम्मा दिने व्यवस्था गर्न पहल गरिने छ ।

विद्युत् चुहावट रोक्न र जोखिम न्यून गर्न अत्याधुनिक प्रविधियुक्त सुरक्षित तार उपयोग गर्ने र सहर तथा ग्रामीण क्षेत्रमा प्रयोग हुने सम्पूर्ण विद्युत् प्रसारण लाइन भूमिगत गर्न जोड दिइने छ । ग्रामिण विद्युतीकरणलाई अभियानका रूपमा सञ्चालन गरिने छ । विशेष आर्थिक क्षेत्रहरू तथा उद्योग ग्रामहरूका लागि डेडिकेटेड विद्युत लाइन जडान गरिने छ । आत्मा निर्भर अर्थतन्त्र निर्माण गर्न राष्ट्रिय उद्योगहरूलाई प्रोत्साहन गरी महशुलमा छुट दिने व्यवस्था मिलाइनेछ ।

तीनै तहको सरकारको सहकार्यमा हरेक घर–परिवारलाई मासिकरूपमा २०० युनिटसम्म विद्युत् महसुलमा छुट दिने तथा गरिबीको रेखामुनि रहेका परिवारलाई विद्युत् लाइन जडान र विजुली उपभोगमा सहुलियत दिन पहल गरिनेछ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ३ : ३९ बजे

६० वर्षको उमेरमा फेरि बेहुला बन्दै आमिर खान, जुलाई ५ मा गौरी स्प्रैटसँग निजी समारोहमा विवाह

काठमाडौं– बलिउडका ‘मिस्टर परफेक्सनिस्ट’ आमिर खानले आफ्नो तेस्रो विवाहको तयारीबारे

नेप्से परिसूचक आठ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

समानान्तर महाधिवेशनको तयारीमा कांग्रेसको असन्तुष्ट पक्ष, सम्पर्क कार्यालय तयार गरिँदै

काठमाडौं– कांग्रेस संस्थापन पक्षले १६–१९ असोजमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने

सरकारले मौलापुरको बजेट फ्रिज गराउने षडयन्त्रमा लागेको छ : मेयर साह

काठमाडौं- रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिना साहले प्रमुख प्रशासकीय अधिकृत नपठाएर

रूपन्देही जिल्ला अदालतले एक वर्षमा चार हजारभन्दा बढी मुद्दा फर्छ्यौट

भैरहवा- जिल्ला अदालत रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३ मा चार हजार