माओवादीको घोषणापत्र कार्यान्वयन हुने ठाउँमा पुग्छौंः प्रचण्ड « Khabarhub

माओवादीको घोषणापत्र कार्यान्वयन हुने ठाउँमा पुग्छौंः प्रचण्ड


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावी घोषणापत्र कार्यान्वयन हुने ठाउँमा आफू पुग्ने बताएका छन् । सोमबार पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्ने क्रममा उनले यसपटक आफैं प्रतिबद्धता पूरा गर्ने र कार्यान्वयन गर्ने ठाउँमा रहेको उनले बताए ।

‘हामीले प्रतिबद्धता पत्र भनेर २०७४ सालमा पनि सार्वजनिक गरेका थियौं । त्यसबेला प्रतिबद्धता बनाउन वाम गठबन्धनमा माओवादीको भूमिका धेरै रह्यो । बरु सरकार चलाउन कुनै भूमिका रहेन । एकाधिकार ढंगले सरकार चलाइयो । हामीलाई आइसोलेट गरियो,’ उनले भने, ‘हामीले पहिले गरेका प्रतिबद्धता पूरा गर्न अहिले हामीलाई मत दिनोस् भनेका छौं ।’

प्रचण्डले आफू सुरक्षित हुन्छु भनेर गोरखा २ मा नगएको दाबी गरे । ‘म सुरक्षित हुन्छु भनेर गोरखा गएको होइन । यहाँ मैले धेरै समय पढाएको छु । गठबन्धन दलका शीर्ष नेताहरूसँग सल्लाह गरेरै म रोल्पा र काठमाडौंबाट समेत निर्वाचन लडेको हुँ,’ उनले भने, ‘म सिराहामा पनि गएर चुनाव लडें । चितवन आफ्नै जिल्ला भएकाले एकपटक चुनाव लडौं भनेर गएको हुँ ।’

शासकीय प्रणालीका विषयमा गठबन्धनका दलसँग छलफल गरेर कार्यान्वयन गर्ने उनले बताए । आफ्नो पार्टीले उठाउँदै आएको प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका विषयमा गठबन्धनमा दलसँग छलफल हुने प्रचण्डले बताए ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ४ : ०८ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले