मेलामा मुख छाडेको भन्दै १४ वर्षे बालकको हत्या गरेको आरोपमा ५ जना किशोर पक्राउ « Khabarhub

मेलामा मुख छाडेको भन्दै १४ वर्षे बालकको हत्या गरेको आरोपमा ५ जना किशोर पक्राउ


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मोरङको उर्लाबारीमा १४ वर्षीय बालकको हत्या भएको छ । आइतबार राति दमक नगरपालिका–१० आमवाडीका १४ वर्षीय दियुश श्रेष्ठको हत्यामा भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हत्यामा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको छ । पक्राउ परेका पाँचै जना १८ वर्षमुनीका किशोर छन् ।

पक्राउ परेकाहरूले पूर्व रिसइसवी र मेलामा मुख छाडेको निहुँमा छुरा प्रहार गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मोरङ र झापाको सीमा भएर बग्ने मावा खोलाको उर्लाबारी नगरपालिका वडा–७ खण्डमा लागेको छठ मेलामा श्रेष्ठमाथि छुरा प्रहार भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ५ : ५४ बजे

यात्रुवाहकको १६.७१ प्रतिशत, मालवाहकको २१.६८ प्रतिशतसम्म बढ्यो भाडा

काठमाडौं– सरकारले सार्वजनिक यातायात तथा ढुवानी साधानको भाडा वृद्धि गर्ने

देउवा-ओलीविरुद्ध सरकारको एक्सन, अपराधिक र आर्थिक मुद्दाका दोषीमाथि निगरानी बढाइँदै

काठमाडौं– जेन-जी आन्दोलनपछि देशको सुरक्षा र राजनीतिक अवस्था नयाँ मोडमा

सांसद अधिकारीको सुझाव : सरकारले नागरिकमा गर्व र अपनत्व जगाउन काम गरोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नागरिकले

सरकारलाई ओरेकले भन्यो- दुर्गम क्षेत्रमा सुरक्षित मातृत्व सुनिश्चित गरौँ

काठमाडौं– महिला पुर्नस्थापना केन्द्र (ओरेक) ले नेपालमा महिलाहरूको सुरक्षित मातृत्व

मन्त्रीहरूलाई सरकारले पढायो परराष्ट्र मामिला र कूटनीति

काठमाडौं- सरकारले संघीय मन्त्रिपरिषद्का सदस्यहरूलाई परराष्ट्र मामिला र कूटनीति पढाएको