डा. तोसिमा कार्कीको रिट मंगलबारको पेसीमा « Khabarhub

डा. तोसिमा कार्कीको रिट मंगलबारको पेसीमा


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ की उम्मेदवार डा. तोसिमा कार्कीको रिट दर्ता भएको छ । उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध कार्कीले सोमबार सर्वोच्चमा रिट दर्ता गराएकी हुन् ।

लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले तोसिमाको उम्मेदवारी खारेज गरेपछि उनले आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता गएकी छन् ।

डा। तोसिमा कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य हुन् । निर्वाचन कानुनमा लाभको पदमा रहेको व्यक्ति उम्मेदवार बन्न नसक्ने व्यवस्था गरिएको छ ।

नियमित तलब नपाइने भए पनि बैठकमा समयमा भत्ता पाइने भएकाले त्यसलाई निर्वाचन आयोगले लाभको पद भन्दै तोसिमाको उम्मेदवारी खारेज गरिदिएको थियो ।

उम्मेदवारी कायम गर्न अन्तरिम आदेशको मागदावी लिएर अदालत पुगेकी उनको रिट मंगलबारको पेसीमा राखिएको बताइएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ६ : ४१ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले