रुपन्देही–३ मा गृहमन्त्री खाणलाई जनमुक्ति पार्टीको समर्थन « Khabarhub

रुपन्देही–३ मा गृहमन्त्री खाणलाई जनमुक्ति पार्टीको समर्थन


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही–३ बाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाणलाई जनमुक्ति पार्टीले समर्थन गरेको छ ।

भैरहवामा आयोजित एक कार्यक्रममा रुपन्देही–३ को जनमुक्ति पार्टीका उम्मेदवार मोजिब अलीले पार्टी र व्यक्तिगत रूपमा कांग्रेस (गठबन्धन) का उम्मेदवारलाई सर्मथन गरेको घोषणा गरेका हुन् । रुपन्देही–३ मा जनमुक्ति पार्टीको करिब तीन हजार मत छ ।

गठबन्धनको तर्फबाट रुपन्देही–३ मा कांग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाण उम्मेदवार हुन् । रुपन्देहीमा पाँच दलीय गठबन्धन र जनमुक्ति पार्टीबीच प्रतिनिधि सभा र प्रदेशसभामा तालमेल गरेर अघि बढ्ने सहमति भएको नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले बताए ।

 

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ७ : ४० बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले