जनतासामु गरेको ८० प्रतिशत प्रतिबद्धतामा पूरा गरेको छु : मन्त्री कार्की « Khabarhub

जनतासामु गरेको ८० प्रतिशत प्रतिबद्धतामा पूरा गरेको छु : मन्त्री कार्की


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो जन्मस्थल भोजपुर भए पनि कर्मस्थल सुनसरी भएको बताएका छन् ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ मा आज आयोजित कार्यकर्ता भेटघाटमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले विसं २०७४ को निर्वाचनमा आफ्नो विषयमा विभिन्न किसिमको अनरगल प्रचारप्रसार गरेको भए पनि यस क्षेत्रका जनताले आफूमाथि विश्वास गरेको र यसपटक फेरि विश्वास गर्ने दाबी गरे। विसं २०७४ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भइरहँदा विभिन्न ठाउँ, चौकचौरहा, चिया पसलमा भोजपुरबाट आएर यहाँ चुनाव लडेको विषयमा गलत नियतले विपक्षी उम्मेदवारले प्रचारप्रसार गरेको बताए ।

मन्त्री कार्कीले नेपालको संविधानअनुसार नेपाली नागरिकले एक सय ६५ वटै निर्वाचन क्षेत्रमध्ये जुनसुकै व्यक्ति कुनै पनि निर्वाचन क्षेत्रबाट चुनाव लड्न पाउने व्यवस्था भएको बताए । जनताले विश्वास गरेर विजयी गराएपछि आफ्नो क्षमताले भ्याएसम्म काम गरेको उल्लेख गर्दै उनले भने, ‘विसं २०७४ को निर्वाचनका बेलामा जनतासामु मैले गरेको प्रतिबद्धतामा ८० प्रतिशत पूरा गरेको छु ।’

गत निर्वाचनमा आफूले मत माग्ने क्रममा जनतासामु विद्यालय, सडक, स्वास्थ्य, भौतिक पूर्वाधार निर्माणलगायत विषयमा गरेको प्रतिबद्धता पूरा गरेको र बाँकी रहेको समस्यासमेत समाधान गर्नका लागि आवश्यक भूमिका निर्वाह गर्ने मन्त्री कार्कीले स्पष्ट पारे । आफूले सुनसरी क्षेत्र नं ४ मा गरेको विकास निर्माणको कार्य देखेर विपक्षी दलका उम्मेदवार आत्तिएको कारणले आफ्नो विषयमा विभिन्न किसिमका नकारात्मक प्रचारप्रसारमा उत्रिएको मन्त्री कार्कीले बताए ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ८ : २७ बजे

हिमालयन लाइफको सीईओ नियुक्ति रोक्न सर्वोच्चको आदेश

काठमाडौं–सर्वोच्च अदालतले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृत

‘संक्रामक पशु रोग नियन्त्रण विधेयकमाथि भएका सुझावले कानुनलाई थप विशिष्ट बनाउँछ’

काठमाडौं– विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३

बाफिया संशोधन गर्दै कारबाही भोगेका व्यक्ति बैंक सञ्चालक बन्न पाउने!

काठमाडौं– सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन गर्दै

कक्षा १ देखि १२ सम्म यौन शिक्षा अनिवार्य गर्न रञ्जु दर्शनाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रन्जु दर्शना न्यौपानेले बालबालिका तथा

हर्मुज जलघाँटी खुलाउनेबारे इरान–ओमानबीच छलफल

तेहरान- हर्मुज जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने विषयमा छलफल गर्न