प्राधिकरणले सोध्यो वायुसेवा निगमलाई २४ घण्टे स्पष्टीकरण « Khabarhub

प्राधिकरणले सोध्यो वायुसेवा निगमलाई २४ घण्टे स्पष्टीकरण


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उडान तालिका स्वीकृत नगराई यात्रुलाई बोर्डिङ पास दिएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० लाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

प्राधिकरणले आज प्रेस विज्ञप्ति जारी गर्दै उडान स्वीकृत नभई बोर्डिङ पास दिएर विमानस्थलको सुरक्षामा गम्भीर असर परेकोप्रति चासो जनाउँदै निगमलाई स्पष्टीकरण सोधेको हो ।

निगमका प्रवक्ता जगन्नाथ निरौलाले निगमको लापर्बाहीले यात्रुलाई दुःख दिएको घटनाप्रति जवाफ मागेर स्पष्टीकरण सोधिएको बताए। अनुमतिबिना नै यात्रुलाई बोर्डिङ पास दिएर अलपत्र पार्ने निगमलाई २४ घण्टाभित्र के कारणले उडान गर्न खोजिएको हो भन्ने विषयमा जवाफ मागिएको छ । प्रवक्ता निरौलाले प्राधिकरणले कुनै पनि उडानको टिकट बिक्री–वितरण नगर्न/नगराउन तथा प्राधिकरणबाट उडान अनुमति प्राप्त गरेको उडान मात्र सञ्चालन गर्न/गराउन वायुसेवा कम्पनीलाई निर्देशन दिएको बताए ।

‘उडान नभएको दिनमा यात्रुलाई विमानस्थलमा बोलाएर गैरकानूनी तरिकाले बोर्डिङ पाससमेत उपलब्ध गराई याुत्रलाई वैकल्पिक व्यवस्था नगरी, किन समयमै खबर गरिएन, गैरसैनिक हवाई उडान ऐन, २०१५ तथा नियमावली, २०७३ बमोजिम विमानस्थलको सुरक्षा व्यवस्थामा गम्भीर असर पारेकाले निगमलाई स्पष्टीकरण सोधिएको हो’, विज्ञप्तिमा भनिएको छ ।

निगमले सिकागो महासन्धि तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को उडान सुरक्षा मापदण्ड र नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ तथा नागरिक उड्डयन नियमावली, २०४८ अनुसार नेपालको हवाई क्षेत्रमा उडान अवतरणका लागि प्राधिकरणको अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था विपरीत काम गरेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ८ : ४१ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६