भियतनाममा पक्राउ परेकी धनाढ्य महिलाको चीनसँग साँठगाँठ रहेको खुलासा « Khabarhub

भियतनाममा पक्राउ परेकी धनाढ्य महिलाको चीनसँग साँठगाँठ रहेको खुलासा


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भियतनाममा एक जना धनाढ्य महिलालाई सम्पत्ति अपचलनको अरोमा पक्राउ गरिएको छ । भियतनामको लगानी कम्पनी भान थिन्ह फाट होल्डिङ समूहकी संस्थापक प्रमुख त्रोङ माइ लानलाई सम्पत्ति अपचलनको आरोपमा पक्राउ गरिएको हो ।

मुलुकमा जारी वित्तीय अपराधविरुद्धको कारवाहीको पछिल्लो घटनामा उनी पक्राउ परेकी हुन् । भियतनामको सार्वजनिक सुरक्षा मन्त्रालयका अनुसार सन् २०१८–१९ को समयावधिमा उनले गैरकानूनी हिसाबमा ऋणपत्र जारी गरेर लगानीकर्ताहरुबाट दशौँ खर्ब डोङ अर्थात् करोडौँ अमेरिकी डलर उठाएको आरोप लागेको छ ।

उनका चिनियाँ श्रीमान् घरजग्गा कारोबारमा संलग्न रहेको बताइएको छ । यसबाहेक उनको परिवार सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीसँग पनि निकट रहेको ठानिएको छ ।

सिंगापुर पोस्टका अनुसार अक्टोबर महिनाको प्रारम्भीक दिनहरुमा उक्त होल्डिङ समूहका वरिष्ठ कार्यकारीहरुको मृत्यु भएपछि यसमा चिनियाँ साँठगाँठबारे आशंका उत्पन्न भएको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ९ : ०१ बजे

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ