भियतनाममा पक्राउ परेकी धनाढ्य महिलाको चीनसँग साँठगाँठ रहेको खुलासा « Khabarhub

भियतनाममा पक्राउ परेकी धनाढ्य महिलाको चीनसँग साँठगाँठ रहेको खुलासा


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भियतनाममा एक जना धनाढ्य महिलालाई सम्पत्ति अपचलनको अरोमा पक्राउ गरिएको छ । भियतनामको लगानी कम्पनी भान थिन्ह फाट होल्डिङ समूहकी संस्थापक प्रमुख त्रोङ माइ लानलाई सम्पत्ति अपचलनको आरोपमा पक्राउ गरिएको हो ।

मुलुकमा जारी वित्तीय अपराधविरुद्धको कारवाहीको पछिल्लो घटनामा उनी पक्राउ परेकी हुन् । भियतनामको सार्वजनिक सुरक्षा मन्त्रालयका अनुसार सन् २०१८–१९ को समयावधिमा उनले गैरकानूनी हिसाबमा ऋणपत्र जारी गरेर लगानीकर्ताहरुबाट दशौँ खर्ब डोङ अर्थात् करोडौँ अमेरिकी डलर उठाएको आरोप लागेको छ ।

उनका चिनियाँ श्रीमान् घरजग्गा कारोबारमा संलग्न रहेको बताइएको छ । यसबाहेक उनको परिवार सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीसँग पनि निकट रहेको ठानिएको छ ।

सिंगापुर पोस्टका अनुसार अक्टोबर महिनाको प्रारम्भीक दिनहरुमा उक्त होल्डिङ समूहका वरिष्ठ कार्यकारीहरुको मृत्यु भएपछि यसमा चिनियाँ साँठगाँठबारे आशंका उत्पन्न भएको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ९ : ०१ बजे

ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोलाई २७ वर्ष लामो जेल सजाय

रियो डी जेनेरियो– ब्राजिलका पूर्वराष्ट्रपति ७० वर्षीय जायर बोल्सोनारोलाई सत्ता

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको लाभांश घोषणा

काठमाडौं– श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीका लागि

दुबई दुर्घटनापछि आर्मेनियाले भारतसँग तेजस जेट खरिद वार्ता रोक्यो

नयाँदिल्ली- आर्मेनियाले भारतसँग गर्न लागेको तेजस फाइटर जेट खरिद वार्ता

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य ९०० रुपैयाँले बढेको छ ।

एमाले महाधिवेशन तयारी : सचिवालय बैठक जारी (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनको पहिलो सचिवालय बैठक बसिरहेको छ