राजनीतिक समस्या समाधानका लागि स्वतन्त्र उम्मेदवारी दिए : प्रभू साह « Khabarhub

राजनीतिक समस्या समाधानका लागि स्वतन्त्र उम्मेदवारी दिए : प्रभू साह


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

रौतहट – रौतहट क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार प्रभु साहले देशको राजनीतिक समस्या समाधानका लागि आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् । उनले दलीय सिण्डिकेट विरुद्ध एवं परिवर्तनका लागि उम्मेदवारी दर्ता गराएको दाबी गरे ।

जनकपुरधाममा आज आयोजित ‘स्वतन्त्र उम्मेदवार जिताऔं अभियानको बृहत कार्यकर्ता भेलामा साहले देशमा व्यवस्था परिवर्तन भए पनि अवस्था जस्ताको त्यस्तै रहेको बताए । उनले भने, ‘मलाई त दुवै गठबन्धनले बोलाइरहेको छ । तर पनि म गइन । त्यसको एउटै कारण जनतालाई दलीय सिण्डिकेटबाट मुक्ति दिनु हो ।’

उनले जनताका लागि केही गर्न सक्ने संसद् आवश्यक रहेको र त्यस्तो परिवर्तन स्वतन्त्रबाट मात्र हुनसक्ने दाबीसमेत गरे । पूर्वमन्त्रीसमेत रहेका साहले स्वतन्त्र उम्मेदवारी चुनाव जित्नका लागि मात्र नभई अपवित्र गठबन्धन विरुद्धसमेत रहेको जिकिर गरे ।

कार्यक्रममा स्वतन्त्र अभियानका सहयोगी बद्री न्यौपानेले सत्ता र पदलाई कायम राख्नका लागि ठूला दलले अपवित्र गठबन्धन गरेको आरोप लगाए । स्वतन्त्र उम्मेदवार श्रीलाल महासेठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धनुषा क्षेत्र नम्बर–३ का प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार उमेश साह, महोत्तरी ३ (क) प्रदेशसभाका स्वतन्त्र उम्मेदवार सुनिल रोहित लगायतले देशमा परिवर्तनका निम्ति स्वतन्त्र उम्मेदवारलाई जिताउन आग्रह गरे ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ९ : १६ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले